काभ्रे :- करिब १८ बर्ष अघि ०६२/०३/१२ गते राती १०:३० बजेको समयमा काभ्रेपलाञ्चोक जिल्ला साविक नयाँगाउ गा.वि.स.वडा नं.३ हाल परिवर्तित जिल्ला मण्डनदेउपुर न.पा वडा नं.३ सिंगे स्थित नयाँगाउ नगरकोट कच्ची सडक खण्डमा नगरकोटबाट सिंगेतर्फ मल लोड गरी आँउदै गरेको ज १ त ४५ नम्बरको ट्र्याक्टर अन्दाजी ५० मिटर तल खसेर दुर्घटना भएको थियो ।
सो दुर्घटनामा ट्रयाक्टर चालक जिल्ला मकवानपुर साविक कोगटे गा.वि.स. वडा न.०९ भई हाल भिमफेदी गा.पा.वडा न.७ बस्ने सुर्य बहादुर स्याङतानको नाति हर्क बहादुर स्याङतानको छोरा बर्ष तत्काल ३३ को अर्जुन स्याङतान र सो ट्याक्टरमा सवार जिल्ला भक्तपुर साविक नगरकोट गा.वि.स वडा नं.७ हाल भक्तपुर जिल्ला चागँनारायण न.पा वडा नं.६ बस्ने बर्ष ५४ को नर बहादुर श्रेष्ठ (राज भण्डारी) घाईते भई तत्काल उपचारको लागी काठमाण्डौ स्थित विर अस्पतालमा उपचारका क्रममा आठ दिन पछि मृत्यु भएको थियो ।
उक्त घट्ना पश्चात चालक फरार रहेका थिए उक्त घटना सम्बन्धमा सवारी ज्यान मुद्धामा जाहेरी दरखास्त परी जिल्ला प्रहरी कार्यालयले फरार रहेका ट्रयाक्टर चालक हाल वर्ष ५१ को अर्जुन स्याङ्तानलाई खोजतलास गर्ने क्रममा १८ वर्ष पछि बैशाख १९ गते पक्राउ गरी काभ्रेपलाञचोक जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरि अनुसन्धान कार्य गरेको जनाएको छ ।




