ट्रेन्डिङ

पोखरामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

‘सरकार आफ्ना नागरिकको प्राण खोज्दै कहालीलाग्दो सुरुङभित्र छ’ : रवि लामिछाने

सिराहा सीमा क्षेत्रमा सशस्त्र प्रहरीको ठूलो सफलता, १५७ किलो गाँजा बरामद

ग्यास आपूर्तिमा उद्योगीको असहयोगप्रति मन्त्रीको गुनासो, निगमलाई उद्योग खोल्न सुझाव

नेपाल कानुन आयोगको संरचना र कार्यक्षेत्र सुधार्न विधेयक प्रस्तुत

जलवायु न्यायका लागि विश्वसामु नेपाल एकढिक्का हुनुपर्छ : लामिछाने

बाबरको शतकमा हङकङको जित, नेपाल २४६ रनमै समेटियो

एक वर्षमै एमाले कमजोर हुनुको कारण जनताबाट दूरी : ज्ञवाली

गृहमन्त्री गुरुङ भन्छन्– ‘जेनजी आन्दोलनको अपमान तीन करोड नेपालीको अपमान हो’

भोटेकोशी बाढीपछि कांग्रेसले सार्‍यो वडा अधिवेशनको मिति

मन्त्री गौतमको आह्वान : जेनजी आन्दोलनको दिनलाई ‘संकल्प दिवस’ बनाऔँ

पर्साबाट फरार प्रतिवादी पक्राउ

बाढीपीडितको खोजी तथा उद्धार जारी, शव पहिचानका लागि डीएनए परीक्षणलाई प्राथमिकता

भोटेकोशी बाढीपीडित भेट्न प्रचण्ड र माधव नेपाल प्रभावित क्षेत्रमा जाने

भोटेकोशी बाढीका मृतकप्रति श्रद्धाञ्जली, आज देशभर राष्ट्रिय शोक

एकदिवसीय श्रृङ्खलामा नेपाल ‘ए’को क्लिन स्वीप हार, अन्तिम खेलमा पनि न्युजिल्यान्डसँग पराजय

गण्डकको क्यासिनोमा प्रहरीको छापा, नेपालीलाई जुवा खेलाउने ८ जना पक्राउ

शिक्षण अस्पतालमा भोटेकोशी बाढीका ५९ शव अझै बाँकी

वैकल्पिक बाटोबाट तीन दिनमै काठमाडौं आयो ८७ हजार ८७७ सिलिण्डर ग्यास

आन्दोलनबाट प्राप्त उपलब्धिलाई जनताको जीवनमा देखिने परिवर्तनमा बदल्नुपर्छ : मन्त्री लम्साल

भोटेकोशी बाढीको पीडा: १,३४१ शव फेला, हजारौँ अझै सम्पर्कविहीन

पर्सामा कार चेकजाँच गर्दा ११४ किलो गाँजा बरामद

विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए

मानव बेचबिखनमुक्त समाजका लागि संयुक्त प्रयास आवश्यक : प्रधानमन्त्री शाह

सुनको मूल्यमा २ हजार ५ सय रुपैयाँको वृद्धि

दुई जनाको जीवित उद्धारले बढायो आशा, सबै सुरुङमा उद्धार कार्य जारी

सञ्जय र कविरको सकुशल उद्धार, छाउनी सैनिक अस्पतालमा उपचार हुँदै

भदौ २३ मा सार्वजनिक बिदा दिने सरकारको निर्णय

प्राकृतिक विपद्मा सरकारसँग सहकार्य गर्ने रास्वपाको प्रतिबद्धता

चापाकोटका वडाध्यक्षमाथि मोबिल छ्यापेको आरोपमा थापा मगर पक्राउ

सुनचाँदीको मूल्य बढ्यो, सुन ३ लाख नाघ्यो

रास्वपाको केन्द्रीय सचिवालय बैठक बस्दै

कांग्रेसको कार्यसम्पादन समिति बैठक बोलाइयो, यी विषयमा हुँदैछ छलफल

नेप्सेमा हरियाली, कारोबार रकम बढेर २.९३ अर्ब

सामाजिक सञ्जालमा मात्र सरकार देखियो, जमिनमा उद्धार कमजोर : पौडेल

भाडामा घर वा कोठा खोज्ने झन्झट अब सकियो—‘ईभाडा’ (eBhada)

अस्पतालको नाम लेखिएको भ्यानमा ६० किलो गाँजा

कृष्णभीरपछि नागढुङ्गा–नौबिसे सडक पनि भासियो

भोटेकोशी बाढी : मृतकप्रति श्रद्धाञ्जली दिन संसद्मा विशेष प्रस्ताव

फ्ल्यास फ्लड प्रभावितका लागि एमएडब्लु ग्रुपको १ करोड ११ लाख सहयोग

६ दिनको गिरावटपछि हरियो बन्यो सेयर बजार

विपद् प्रभावितलाई सहयोग गर्न सभामुख अर्यालको एक महिनाको पारिश्रमिक योगदान

हेटौंडामा राप्ती खोलाले बगाउँदा एक जनाको मृत्यु

विपद् राहतका लागि ह्वासिया इन्भेस्टमेन्टको २० लाख सहयोग

जलवायु न्यायलाई नेपालको अधिकारका रूपमा अन्तर्राष्ट्रिय मञ्चमा उठाउँछौँ : मन्त्री चौधरी

राष्ट्रपति पौडेललाई रवि लामिछानेले दिए बाढी प्रभावित क्षेत्रको ब्रिफिङ

ओलीद्वारा रसुवा पीडितका लागि १ करोड २० लाख जुटाउने घोषणा

भोटेकोशी बाढी: राहत कोषमा बाबुराम भट्टराईले जम्मा गरे १ लाख

भोटेकोशी बाढीपीडितका लागि चीन सरकारको २० लाख डलर सहयोग

भोटेकोशी बाढीपछि खोजी–उद्धार र राहतबारे सुरक्षा प्रमुखसँग प्रधानमन्त्रीको ब्रिफिङ

ड्रोनसहित सुरुङको अन्तिम बिन्दुसम्म खोजी, भेटिएनन् मानिस

बाढीपीडितका लागि श्रम संस्कृति पार्टीले १५ लाख सहयोग गर्ने

बाढी प्रभावित क्षेत्रमा ‘फोटो खिच्न’ नजान रास्वपाको सांसदलाई निर्देशन

परिवार साथमा नभएका बाढीपीडित घाइतेको हेरचाहमा महानगरले केयरटेकर खटाउने

रसुवा–नुवाकोटसहित बाढी प्रभावित चार जिल्लाका लागि वाग्मती सरकारले ३ करोड दिने

त्रिशूली–३ ‘बी’ आयोजनामा उद्धारका लागि ६ सदस्यीय चिनियाँ टोली घटनास्थलमा

बाढीको विपद्पछि परराष्ट्रमन्त्री खनाल विदेश भ्रमणमा नजाने

लेदो हटाएपछि काठमाडौँ–मुग्लिन सडकमा यातायात सुचारु

नुवाकोटमा बाढीको कहर : ५१ शव फेला, ४०५ जना अझै बेपत्ता

त्रिशूली किनारमा भेटिएको सेफ तोडफोड गरी नगद निकाल्ने २९ जना प्रहरी नियन्त्रणमा

पोखरामा बाढीमा मृत्यु भएकाहरूको शव पहिचान गरिँदै

बाढीमा ५३८ जनाको मृत्यु पुष्टि, ५१७ विदेशी नागरिक सम्पर्कविहीन

भोटेकोशी बाढीपछि उद्धार कोषमा बढ्यो सहयोग, ३६ घण्टामा पौने २ अर्ब

रसुवा बाढीपीडितका लागि वडा अध्यक्ष घिमिरेले दिए ५२ हजार

केरुङको बाढीपहिरो प्रभावित क्षेत्रको चिनियाँ प्रधानमन्त्रीले गरे निरीक्षण

बाढी प्रभावितको उद्धार र राहतमा एनआरएनएले जुटायो ५ करोड

बाढी प्रभावितको उद्धार र पुनर्स्थापनामा गोर्खा ब्रुअरीको १० करोड

कर्णाली सरकारमा तीन नयाँ मन्त्री, पद तथा गोपनीयताको शपथ

विपद्पछि पुनर्निर्माण र जोखिम न्यूनीकरणका लागि १० बुँदे प्रस्ताव

प्रधानमन्त्री शाह नुवाकोटको विदुरमा, बाढी क्षतिको स्थलगत निरीक्षण

सीमावर्ती क्षेत्रमा बाढीपहिरो : बेपत्ताको खोजी गर्न सी जिनपिङको निर्देशन

रसुवामा बाढीपछि ३८४ पर्यटकको अवस्था अज्ञात

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सेना, प्रहरी र एपीएफ परिचालन

भोटेकोसी बाढीको प्रभाव नुवाकोटसम्म, त्रिशूली र बेत्रावती क्षेत्रमा क्षति

राहत बोकेर विकट बस्तीमा पुग्यो रोल्पाली चेली फाउन्डेसन, ५ सय महिलाले पाए निःशुल्क स्वास्थ्य सेवा

लुम्बिनीमा सत्ता साझेदारीअनुसार मन्त्रिपरिषद् हेरफेर

फ्रान्सको पोमासमा टोर्नाडो, १५ घाइते अस्पताल भर्ना

बजारमा बिक्री चाप, नेप्से २५९४ विन्दुमा

ड्युटीमा खटिएकी महिला प्रहरीलाई कुटपिट गरेको आरोपमा युवक पक्राउ

कोशी कटान नियन्त्रण गरी बराहधाम संरक्षण गरिने

आज संसद्मा विधेयक र अन्तर्राष्ट्रिय सम्झौतामाथि छलफल

मनसुनको प्रभाव बढ्यो, हिमालदेखि तराईसम्म वर्षाको सम्भावना

‘पारी बुटवल’को बाँकी छायांकनको तयारी तीव्र, तिहार आसपास प्रदर्शनको तयारी ।

मधेश सरकारले नेपाल प्रहरीलाई १२ वटा पिकअप जिप हस्तान्तरण

सरकारप्रति जनताको विश्वास घट्दै गएको छ : अमरेशकुमार सिंह

प्रधानमन्त्री किन मुस्ताङ जानुभयो? हर्क साम्पाङको प्रश्न

रास्वपाको दुईदिने ‘नीति, संगठन र नेतृत्व’ मन्थन सुरु

कोशीमा विद्युत् आपूर्ति सुधार र खपत वृद्धि गर्न मन्त्री श्रेष्ठको जोड

पहिरो हटाएपछि बेनी–जोमसोम सडक एकतर्फी सञ्चालनमा

गरिमा चौधरी हत्या प्रकरणमा प्रचण्ड : ‘राज्य र न्याय प्रणालीमाथि गम्भीर प्रश्न’

रास्वपाको प्रवक्तामा जगदीश खरेल मनोनीत

दर्ता भएन देउवा पक्षको रिट

वागमतीका मुख्यमन्त्री थापामगरले भदौ ७ गते विश्वासको मत लिँदै

पेटभित्र लुकाएर ल्याएको १५० ग्राम सुनजस्तो धातुसहित बंगलादेशी नागरिक पक्राउ

फोहोर व्यवस्थापनलाई राष्ट्रिय आपतकालको रूपमा लिनुपर्छ : सञ्चारमन्त्री

रास्वपामा ९ जना केन्द्रीय सदस्य मनोनीत, विभिन्न विभागको जिम्मेवारी पनि तोकियो

जेसीबी मेसिन रोडबाट तल खस्दा चालकको मृत्यु

११ जना फरार प्रतिवादी पक्राउ

बागमतीका मुख्यमन्त्री थापामगरले गरे ६ मन्त्री नियुक्त

लायन्स क्लब अफ काठमाडौं लर्ड बुद्ध र गृहलक्ष्मीको इन्स्टलेसन तथा इन्डक्सन कार्यक्रम भव्य रूपमा सम्पन्न

जनताको सेवा गर्न पाउँदा उत्साहित छु : वडा अध्यक्ष घिमिरे

सानुराजा (राज) घिमिरे, गोदावरी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष हुन् । उनले झन्डै ४ दर्जन म्युजिक भिडियोमा अभिनय गरेका थिए । चलचित्र ‘चपली हाइट’ले प्रदर्शनपछि निकै चर्चा पायो । यसले चलचित्र क्षेत्रमा ‘नयाँ स्वाद’को सुुरुआत ग¥यो भन्नेहरू पनि देखिए । चलचित्रसँगै ‘हिट हिरो’का रूपमा दरिए राज घिमिरे । यसपछि उनले चलचित्र ‘भिजिलान्ते’मा अभिनय गरे । २०५७ मा उनले ‘सारा खुशी’ बोलको गीतबाट अभिनय करिअर थालेका थिए । उनले २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा उनी गोदावरी–३ को वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनै वडा अध्यक्ष घिमिरेसँग वडाको विकास निर्माण र जनप्रतिनिधीका रूपमा काम गर्न कति सजिलो हुँदो रहेको र आगामी योजनाका विषयमा गरेको कुराकानीः

कलाकार मान्छे राजनीतिमा कसरी मोह बस्यो ?
म चलचित्र क्षेत्रभन्दा अगाडिदेखि नै राजनीतिमा थिएँ । मेरो पारिवारिक पृष्ठभूमि कम्युुनिस्ट हो । त्यसको प्रभाव सानैदेखि ममा परेको थियो । चलचित्रबाट सामाजिक काम गर्न नसकेजस्तो लाग्यो, अनि म राजनीतिमा सक्रिय भएको हुुँ ।

वडा अध्यक्ष भएपछि तपाईंले वडामा गर्नुभएका मुख्य मुख्य कार्यहरु के के हुन् ?
वडा अध्यक्ष भइकन आफूले गरेको मुख्य काममा बाटो, सडक बत्तिलाई सम्झन चाहान्छु । देशकै पर्यटकीय नगर गोदावरी मुख्य सडक, बजारसंग जोडिए पनि भित्री अधिकांश बाटोहरू हिलाम्मे, कच्ची, बर्षायाममा हिड्डुल गर्न पनि साह्रै गाह्रो हुने अवस्था छ । गाउँको गोरेटो जस्तो बाटो छ । यसलाई चरणबद्द हिसाबमा, हामीसँग भएका बजेट अनुकुल मिलाएर काम गर्दै आइरहेका छौं । स्वास्थ्य र शिक्षालाई हामी संगसंगै लगिरहेका छौँ । अर्को कुरा भनेको हिजो चुनावका बेलामा मैले जनताका घरदैलोमा जाँदा जुन खालका प्रतिबद्घताहरु व्यक्त गरेको थिए ।

वडा अध्यक्षको रुपमा काम गर्न कत्तिको सहज हुँदो रहेछ ?
सहज अनि रमाइलो नै भएको छ । काम गर्न गाह्रो छ भन्न मिलेन, हामी जनताका प्रतिनिधि भएकाले सबैको चित्त बुझ्ने गरी काम गछौं भनेर नै निर्वाचित भएका हौं । तर अनुभव नभएकाले र नयाँ संरचना भएकाले काम गर्न केही कठिनाईहरु छन् । जसलाई हामीले बिस्तारै समाधान गर्दै कामलाई सहज बनाउने प्रयास गरिरहेका छौं । म नेतृत्वमा आएपछि विकास निर्माणको काम अगाडि बढेको छ । त्यस्तै वडा कार्यालयमा सचिव र कार्यालय सहयोगी साथै वडा सदस्यको राम्रो सहयोग मिल्दा सोचे अनुरुप अध्यक्षको पद निर्वाह गर्न गह्रो छ भन्न मिलेन । केही काम सिक्दै र केही अनुभवहरूलाई प्रयोग गर्दै जनताको हितमा काम गर्ने प्रयास गरिरहेका छौं । सुरुवाती दिनभन्दा पछिल्ला दिन सहज बन्दै गैरहेका छन् ।

वडा अध्यक्ष भएपछि तपाईंले वडामा गर्नुभएका मुख्य मुख्य कार्यहरु के के हुन् ?
म वडा अध्यक्षमा निर्वाचित भैसकेपछि भौतिक विकास, शिक्षामा बिकास, स्वास्थमा बिकास, रोजगारीको प्रयास अनि पर्यटनमा बिकासमा अगाडि बढ्यौं । पहिलो कुरा त हामी पूर्वाधारको अभावमा छटपटाई रहेका थियौं । म आए पछिको पहिलो काम भनेको नै पूर्वाधार निर्माणको काम रहयो । आम जनताको माग पनि त्यही अनुसारको थियो । पूर्वाधार निर्माणमा पनि सडक पहिलो प्राथमिकतामा राखेर काम गरेका छौं । अध्यक्षको पदमा निर्वाचित भएपछि सुरुको मेरो प्रयास भनेको सडक सुधारमा ध्यान केन्द्रित गर्ने भयो । स्थानीय सरकारको निर्वाचन हुनु पूर्व हाम्रो वडा अथवा साविकको गाविसमा आउने बजेट सदुपयोग हुन नसकेका कारणले सोचेका जस्तो सडक बन्न सकेका थिएनन् । हामीले सबैको पहुँचमा हुने गरी सडक बिस्तारको कामलाई तिब्रता दिएका छौं । कयौं कामहरु भएका छन् भने कतिपय सडकका काम सम्पन्न हुने चरणमा रहेका छन् ।

वडामा शिक्षा, पर्यटन, स्वास्थ्यको अवस्था कस्तो छ । यी क्षेत्रको विकासका लागि चाँही तपाईंंले कसरी भूमिका निर्वाह गर्दै हुनुहुन्छ ?
हाम्रो वडामा १० वटा विद्यालयहरु छन् । ती विद्यालयहरूमा समय अनुसारको शिक्षा र शिक्षामा गुणस्तर गराउन वडा शिक्षा समिती गठन गरि कार्य हुदै छ । बिपन्न, जेहेन्दार विद्यार्थीलाई शिक्षामा पहँुच गराउने प्रयास गर्दैछौं । स्वास्थमा पहिले भन्दा निक्कै सुधार गरि सेवा प्रवाहमा सुधार अनि डाक्टर नै राखि स्वास्थ चौकीबाट टोल टोल मै गै घुम्ती सेवा, अनि वृद्धबृद्दालाई औषधी वितरण, सुत्केरी महिलालाई पोषण खानेकुरा, पटक पटक बिभिन्न स्वास्थ क्याम्प राखेक औषधी उपचार गरेका छौ । पर्यटकिय प्रवद्र्धनमा भएकालाई प्रोत्साहन र नयाँ पर्यटन ब्यबसायीहरूलाई आकर्षक गर्ने गराउने कार्य गरेका छौं । त्यस्तै पर्यटन विकासलाई नयाँ नयाँ गन्तव्यहरू निर्माण गरि प्रचार गर्दै र तीन हजार पर्यटन शनिबार वडा आउनेबाट अहिले शनिबार औषत दस हजार पर्यटन आउने बनाउन सफल भएका छौ । यो कार्यलाई निरन्तरता दिएका छौं । नयाँ आकर्षक होटलहरु, केवलकार, मोनोरेललगाएत धार्मिक, खेलकुद पर्यटनको पनि प्रवद्र्धधन गर्दैछौं ।

वडामा काम गर्न समस्या चाँही के के छन् ?
जनतालाई चेतनाको स्तर बढाउन, विकासमा साझेदारी गराउन अनि यो वडा हाम्रो हो भनी भावना जगाउन अलिक गाह्रो भएको छ ।

तपाईको कार्यकालमा तपाईको वडालाई कस्तो बनाउने योजना रहेको छ ?
काम गर्नुपर्ने त धेरै छन् र गर्छौं भनेका छौं । मेरो कार्यकालमा वडामा खानेपानी, शिक्षा, स्वास्थ्य, सडक लगायतको क्षेत्रमा स्तरोन्नती गरी वडालाई समृद्धिको बाटोमा पु¥याउने योजना रहेको छ । कृषि तथा पर्यटन क्षेत्रमा विकास गरी वडाका जनतालाई आत्मनिर्भर बनाउने र रोजगारीको सृजना गर्न योजना मैले बनाएको छु, जुन पुरा गर्छु भन्ने लागेको छु । त्यो योजना कार्यान्वयनका लागि केही कार्यक्रमहरु पनि बनेका छन् । साथै महिला, बालबालिका, दलित, असाहय र अपाङग व्यक्तिहरुलाई समान रुपको हक प्रदान गर्न हाम्रो कार्यकाल खर्च हुने छ ।
सार्वजनिक ठाउँका जग्गा मिचिएको अवस्था पनि छ । यसलाई पर्खाल लगाएर व्यवस्थित गर्ने सोचमा छौं । समग्रमा वडामा मानिसलाई बसोबासका लागि उपयुक्त बनाउँने, बस्ती संरक्षण गराउँने योजना छ । हिजोका दिनमा जनताका बिचमा गरिएका प्रतिबद्दता आवश्यकता अनुसार योजनाबद्द रुपमा कार्यान्वयन गर्दै अघि बढ्ने सोच छ । सबैको साथ सहयोग एवम् हौसला पनि भएमा जनताको अपेक्षा, मेरो सोच अनुसारका कार्य पूरा गर्न अवश्य पनि सकिन्छ भन्नेमा म विश्वस्त छु । आशा वडाको विकास, वडाका नागरिकको समृद्घिका लागि सरोकारवाला, वडाका नागरिक लगायत सबैबाट साथ सहयोग पाउँनेछु ।

अन्त्यमा यस अनलाईनमार्फत केही भन्नु छ की ?
मैले आफ्नो कामको आफै मुल्याङ्कन गर्ने कुरा आएन । यो त वडा भित्रका आम जनताले मुल्याङ्कन गर्ने कुरा हो । तैपनि म आँफैले भन्नु पर्दा यो एक बर्षको समयमा धेरै कामहरु भएका छन् । थुप्रै सम्भावना बोकेको छ गोदावरीले । यस वडाको समग्र विकासको लागि हामी लागिरहेका छौं । निकट भबिश्यमा नै यसको परिणाम देखिने गरी आउने छ । देशकै नमुना वडा बन्ने छ । थुर्पै योजना बनाएका छौं । धार्मिक, पर्यटन र खेलकुदको विकाससंगै हाम्रो समृद्वि जोडिएको छ । म भाषण र कुरामा भन्दा पनि काममा बिश्वास गर्छु । सबै वडाबासीको सुझाब र सल्लाहअनुसार काम गर्ने प्रतिबद्वता गर्दछु ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय