ट्रेन्डिङ

कांग्रेसका ४ लाख ५७ हजारभन्दा बढी सदस्यले गरे क्रियाशील सदस्यता अद्यावधिक

मकवानपुरमा पिकअप जीप दुर्घटना, द्रुतमार्गका इन्जिनियरसहित दुई जनाको मृत्यु

सुन प्रतितोला ५ हजार १०० रुपैयाँले घट्यो

युरोप पठाइदिने भन्दै ३० लाखभन्दा बढी ठगी गर्ने ४ जना पक्राउ

बोल्ने समय नपाएको भन्दै श्रम संस्कृति पार्टीका सांसदद्वारा संसद्‌को वेल घेराउ

फिलिपिन्समा ७.८ म्याग्निच्युडको भूकम्पः मृत्यु हुनेको संख्या ४५ पुग्यो

सङ्खुवासभामा ३६८ वटा चौँरीको पुच्छरसहित ट्याक्टर नियन्त्रणमा, चालक पक्राउ

अपराध अनुसन्धानलाई प्रविधिमैत्री बनाइने, प्रहरीलाई पूर्ण सहयोग गर्छौं : मुख्यमन्त्री बानियाँ

मन्त्री गौरीकुमारी यादवको कडाइपछि एकै दिनमा १२ उद्योगले तिरे बक्यौता भाडा

श्रममन्त्री रामजी यादव जेनेभा प्रस्थान: उद्योगमन्त्री यादवलाई कार्यवाहकको जिम्मेवारी

इन्टरनेट, बैंकिङसहित २५ अत्यावश्यक क्षेत्रमा हड्ताल गर्न सरकारको रोक

प्रतिनिधिसभामा अर्थमन्त्री स्वर्णिम वाग्लेको राजीनामा माग

रास्वपाले मधेस प्रदेश अधिवेशनका सबै गतिविधि अनिश्चितकालका लागि स्थगित गर्‍यो

महासचिव पोखरेलको सरकारमाथि कटाक्ष: ‘भो, यस्तो सुशासन चाहिँदैन’

शुल्क नतिर्ने ११ स्वास्थ्य संस्थाबाट रु १ करोड ७८ लाख असुल गरिने

संसद् बैठक पुनः स्थगित, भोलि बस्ने

डकवर्थ–लुइस पद्धतिमा नेपाललाई उपाधि, हङकङ १९ रनले पराजित

प्रदेश अनुदानमा मधेस पहिलो, कर्णाली दोस्रो; संघबाट ४.२४ खर्ब वित्तीय हस्तान्तरण

फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता

बजेट सही दिशामा, तर सफलता कार्यान्वयनमा निर्भर : महासङ्घ अध्यक्ष श्रेष्ठ

प्रतिनिधिसभाको बैठक अब मंगलबार बस्ने

जेनजी आन्दोलनका क्रममा हिरासतबाट फरार थुनुवा पक्राउ

विद्युत् महसुल बक्यौता असुलीलाई प्राथमिकता दिन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

रास्वपा सांसद न्यौपाने: “पार्टीलाई असफल हुने छुट छैन”

नेपाली कांग्रेसमा क्रियाशील सदस्यता अद्यावधिक तीव्र, साढे चार लाखले प्रक्रिया पूरा

सीमा समस्या द्विपक्षीय वार्ताबाटै समाधान हुनुपर्छ : परराष्ट्रमन्त्री शिशिर खनाल

रास्वपाले १८ जिल्लामा नयाँ कार्यसमिति चयन, अधिवेशन जारी

रास्वपा काठमाडौं जिल्ला सभापतिमा राजा शाक्य निर्वाचित

अछामको कमलबजारमा जिप दुर्घटना, एक जनाको मृत्यु

ईश्वरीको हत्यामा संलग्नलाई कारबाही गर्न पूर्वगृहमन्त्रीको माग

बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको काठमाडौँमा प्रदर्शन

आमिर खान तेस्रो पटक विवाह बन्धनमा बाँधिने, जुलाई ५ मा गौरी स्प्र्याटसँग बिहे

‘जेनजी विद्रोहपछि ६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु ठूलो सफलता’ : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

सेयर बजार १३ अंकले घट्यो

जातीय भेदभाव र छुवाछूत राष्ट्रको साझा समस्या, अन्त्यका लागि सामूहिक प्रयास आवश्यक : गगन थापा

बिहारको निजी अस्पतालको आईसीयूमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते

गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडी चोरी

बाजुरामा ढुङ्गा प्रहारबाट एक जनाको मृत्यु, विवादपछि घटना

ठमेल क्षेत्रमा मसाज तथा स्पा सेन्टरको महानगरद्वारा अनुगमन

भक्तपुरको ख्वप्रिङ्ग इङ्लिस स्कुलमा आगलागी, ठूलो क्षति

राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसमा शुभकामना

लागुऔषधसहित देशभर ३२ जना पक्राउ

तीन तहका सरकारबीच सञ्चार क्षेत्र सुधार र डिजिटल प्रणाली विकासका महत्वपूर्ण निर्णय

कम्युनिस्ट आन्दोलनले इतिहासकै सबैभन्दा ठूलो धक्का व्यहोरेको छ : विष्णु पौडेल

अनधिकृत यार्सागुम्बा सङ्कलनमा चार जना पक्राउ

नयाँ दिल्लीमा रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

आज मोदीसँग रवि लामिछानेको भेटवार्ता, दिल्लीमा उच्चस्तरीय राजनीतिक भेटघाट

अन्नपूर्ण प्रथम आरोहणको ७६ वर्ष पूरा

एसिसी महिला प्रिमियर कपः कतारद्वारा नेपाललाई ७७ रनको लक्ष्य

‘देशभन्दा माथि पार्टी, जाति र धर्म हुँदैन’– संसद्मा हर्क साम्पाङ

मुस्ताङमा पाँच वर्षमा लेक लागेर ५८ पर्यटकको मृत्यु, अधिकांश भारतीय

सांसद सुधन गुरुङमाथि छानबिनका लागि थप पाँच दिन म्याद

सभापति लामिछाने र भाजपाका राष्ट्रिय अध्यक्ष नवीनबीच भेटवार्ता

सगरमाथा १० पटक आरोहण गरेका सांसद मिङ्मा ग्याबु शेर्पा सम्मानित

मलेसियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध

पाँचदिने भारत भ्रमणमा रवि लामिछाने, उच्चस्तरीय भेटघाट गर्ने

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति झलनाथ खनालको आपत्ति, ‘राष्ट्रविरोधी टिप्पणी स्वीकार्य छैन’

कान्तिलोकपथमा ट्रक दुर्घटना, चालकको मृत्यु

डडेलधुरामा सशस्त्र प्रहरी जवानसहित दुई जना बेपत्ता, महाकाली किनारमा ट्युब फेला

विगतका सबै आन्दोलनसम्बन्धी प्रतिवेदन अध्ययन गरिने : प्रधानमन्त्री बालेन शाह

कुशल भुर्तेलको विस्फोटक शतक, चीनलाई नेपालले दियो ३१४ रनको लक्ष्य

दुवाकोटमा ४ दिने प्राथमिक उपचार तालिम सम्पन्न, २३ जना प्रशिक्षित स्वयंसेवक तयार

बजेटबारे अर्थमन्त्री वाग्लेले आज सञ्चारकर्मीसँग अन्तरक्रिया गर्ने

भारतको कुशीनगरबाट ४५३ नेपालीको उद्धार, बेलहिया नाका हुँदै स्वदेश फिर्ता

अछाम दुर्घटनाः उपचारका क्रममा दुई जनाको मृत्यु

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः विभिन्न प्रदेशमा वर्षा जारी

निर्बाचित क्षेत्रबाट दिनुपर्ने सेवा काठमाडौबाट सुरु, बदन भण्डारीको सचिवालयमाथि प्रश्न।

बजेट २०८३/८४ः यस्ता छन् नयाँ नारा, कार्यक्रम र घोषणा

कर्मचारीको तलब–भत्तामा वृद्धि, कुल वृद्धि २१ प्रतिशतसम्म हुने

आज बजेट सार्वजनिक हुँदै

आज गणतन्त्र दिवस मनाइँदै

स्वदेशमै उच्च शिक्षा रोज्ने विद्यार्थीको सङ्ख्या बढ्यो

उल्लासका साथ मनाइँदै बकर इद, देशभरका मस्जिदमा श्रद्धालुको भीड

भैरहवामा पौडी खेल्ने क्रममा डुबेर दुई विद्यार्थीको मृत्यु

नेपाल–भूटान स्वास्थ्यमन्त्रीबीच भेटवार्ता, स्वास्थ्य सहकार्य सुदृढ गर्ने समझदारी

आर्थिक सर्वेक्षण सर्वजनिक हुँदै

अन्डाको मूल्य फेरि बढ्यो, एक्सएल अन्डा प्रतिक्रेट ५४५ रुपैयाँ पुग्यो

जीवनस्तर सुधार र सुशासनमा सरकार केन्द्रित : प्रधानमन्त्री वालेन्द्र शाह

ग्रामीण दूरसञ्चार कोषको रकम तत्काल परिचालन गर्न महावीर पुनको माग

नेपाल आउँदै अमेरिकी उपविदेशमन्त्री रोजर्स

सप्तकोशी नदीको टापुबाट ४ सय ७५ केजी गाँजा बरामद

ईयूआबद्ध देशका राजदूतसँग प्रधानमन्त्री शाहको आज सामूहिक भेट

उदयपुरमा विषाक्त खाना खाँदा एउटै परिवारका चार बिरामी, एकको अवस्था गम्भीर

बजारमा आलुको मूल्य बढ्यो, रातो लाम्चो आलु प्रतिकिलो ३२ रुपैयाँ

सभामुख अर्याल र उपराष्ट्रपति यादवबीच समसामयिक राजनीतिक विषयमा छलफल

१० महिनामा घरजग्गा कारोबारबाट ४३ अर्बभन्दा बढी राजस्व संकलन

एसियन गेम्स क्वालिफायरका लागि दीपेन्द्र ऐरीको कप्तानीमा नेपाली टोली घोषणा

प्रविधिमैत्री कानुन निर्माण आवश्यक: सभामुख डोलप्रसाद अर्याल

धादिङ खानीमा ढुङ्गा खस्दा टिपर चालकको मृत्यु

चितवन निकुञ्जमा बाह्य पर्यटक घटे, आन्तरिक पर्यटक भने बढे

पूर्वाधार विकास समितिको निर्देशन: विकास अवरोध हटाउन र मूल्यवृद्धि समस्या तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह

वैशाखमा देशभर १,०५६ लागुऔषध कारोबारमा संलग्न पक्राउ, ठूलो परिमाणमा बरामद

रास्वपा सभापति रवि लामिछानेले कोसी र मधेस प्रदेशका सांसदसँग छलफल गर्दै

भारतमा गर्मी बढेसँगै विद्युत् मागले नयाँ कीर्तिमान बनायो

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदै

प्रधानमन्त्री संसद्मा नआएकै कारण आफू दबाबमा नभएको रवि लामिछानेको प्रष्टोक्ति

साफ महिला च्याम्पियनसिपका लागि टोली बिदाइ, खेलाडी सम्मानमा सरकार प्रतिबद्ध : मन्त्री पोखरेल

बाल अधिकार परिषद् खारेज गर्ने निर्णय फिर्ता लिन इन्दिरा रानामगरको माग

ठमेलमा पर्यटक र सर्वसाधारणलाई हैरानी दिने ९ विदेशी नागरिक पक्राउ

‘संसद्मा कराएर मात्रै बाँदर आतंक हट्दैन’ : महावीर पुन

शंखधर शाख्वा हाम्रो इतिहाँसमा गर्व गर्न लायक राष्ट्रिय विभूतिः प्रधानमन्त्री प्रचण्ड

ललितपुर । नेकपा माओवाद केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डू ले शंखधर शाख्वा हाम्रो इतिहाँसमा गर्व गर्न लायक राष्ट्रिय विभूति भएको बताएका छन् ।

नेपाल सम्वत् ११४४ को अवसरमा आज (मंगलबार) ललितपुरको मंगलबजारमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘सामाजिक न्याय भन्दै गर्दा हाम्रो इतिहासमा गर्व गर्न लायक शंखधर शाख्वालाई नसम्झिरहन सकिंदैन, जसलाई हामीले राष्ट्रिय वि‍भूति पनि घोषणा गरिसकेका छौं । उहाँले ऋण मोचन गर्ने कामको नेतृत्व गरेर इतिहाँसमा किर्तिमान कायम गर्ने काम गर्नुभयो । उहाँको त्यो अभियानसंगै नेपाल सम्वत जोडिएको छ। ू

प्रधानमन्त्रीले प्रचण्डले बिगतमा नेपाल सम्बत् भनेको नेवारहरू समुदायको मात्रै हो भनिने गरेको र त्यसले बिगतमा भ्रम सृजना गरेको धारणा राखे । उनले नेपाल सम्बतलाई राष्ट्रिय सम्बतको रूपमा घोषणा गरिनुपर्छ भन्ने आवाज धेरैतीरबाट उठेको र नेपालीहरूको आफ्नै मौलिक सम्बत् नेपाल सम्बतलाई राष्ट्रिय सम्बतको रूपमा घोषणामा मात्रै सीमित नराखी सरकारी निर्णयमा पनि विक्रम सम्बतसँगै नेपाल सम्वत पनि उल्लेख गर्ने निर्णय मन्त्रीपरिषदबाट गर्न पाउँदा आफूलाई गर्वको महसुस भएको बताए ।

उनले भने, ‘हिजो (सोमबार) मात्रै बिहान मन्त्रीपरिषदको बैठकले मन्त्रीपरिषदको निर्णय र सरकारी दस्तावेजमा बिक्रम सम्बत् संगै नेपाल सम्बत पनि उल्लेख गर्नुपर्ने निर्णय भएकोमा तपाईंहरू सबैलाई बधाई तथा शुभकामना भन्न चाहान्छु, यसले हाम्रो स्वतन्त्रता, समानता, सामाजिक न्याय सहितको राष्ट्रिय स्वाधीनता र हाम्रो आत्मसम्मानलाई फेरि एउटा उचाईमा उठाएको छ, यो हामी सबै नेपालीले गर्व गर्नुपर्छ ।’

प्रधानमन्त्रीले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको नारामा केन्द्रीत र काम गर्ने कोशिस गर्दै आएको समेत बताए । आजको दिनले नयाँ सन्देश दिने भन्दै प्रधानमन्त्री प्रचण्डले नेपाल सम्बत ११४४ को शुभकामना समेत व्यक्त गरे ।

नेपालमा ‘नेपाल सम्वत्’ को सुरुवात
प्राचीन कालदेखि नेपालमा विभिन्न सम्वत् प्रचलनमा ल्याइएका थिए । त्यस्ता सम्वत् शक संवत्, मानदेव सम्वत्, विक्रम सम्वत्, कलियुग सम्वत्, लक्ष्मण सम्वत् आदी हुन । वर्तमान नेपालमा प्रचलनमाा रहेको विक्रम संवत् भारतको उज्जैंन क्षेत्रमा राजा गर्ने राजा विक्रमादित्यले विदेशीहरूलाई पराजित गरेको खुशियालीमा ईसापूर्व ५७ मा सुरु गरिएका थियो ।

त्यसैगरी शक संवत् पनि भारतीय शासक कनिष्कले ई. सं. ७६ मा विदेशीहरुलाई आफ्नो भुमिकाबाट धपाउन सफल भएको खशियालीमा सुरु गरेका थिए । लिच्छविकालको धेरैजसो अभिलेखहरुमा यही शक सम्वतको प्रयोग गरिएका पाइन्छ । मध्यकालको सुरुवातसँगै एउटा नयाँ संवतको सुरुवात गर्न थालियो । त्यो नयाँ सम्वत नेपाल सम्वत थियो । नेपाल सम्वत् वि.स ९३६ साल कार्तिक शुक्ल प्रतिपदाको दिन वा अक्टोवर २०, सन ८७९ वृहस्पतिबारको दिनदेखि सुरु भएको थियो ।

सुरुसुरुमा यो सम्वतको कुनै नाम थिएन, मात्र चलनचल्तीमा ल्याइएका्े थियो । पछि गएर त्यसलाई नेपाल सम्वतको नामले परिचित गराइयो । मध्यकालका अधिकांश अभिलेखहरूमा त्यही नेपाल सम्वतको प्रयोग गरिएको पाइन्छ । नेपाल सम्वत् र विक्रम सम्वत् ९३६ बर्ष ७ महिनाको फरक भएकाले नेपाल सम्वतलाई विक्रम सम्वतमा रुपान्तरण गर्नु पर्दा कार्तिक भन्दा पछाडी चैत्र मसान्तसम्म मिति भए ९३६ बर्ष र बैशाख १ देखि कार्तिक कृष्णपक्षयसम्म भए ९३७ बर्ष जोडर विक्रम सम्वत् बनाउने गरिन्छ ।

नेपालका बरिष्ठ इतिहासकार डा. डिल्लीरमण रेग्मीले नेपाल सम्वतको सुरुवात तत्कालिन राजा रामदेवको शासनबालबाट सुरु भएको बताएका छन । डा रेग्मीले रामदेव नेपालको राजा भएको वेलामा कुनै ठूलो महामारी फैलियो र त्यसबाट मुक्त पाउन पशुपति नाथमा विशाल यज्ञ सम्पन्न गरियो, त्यसपछि उक्त महामारी साम्य भयो । त्यसरी महामारी रोकिएको खुशियालीमा नेपाल सम्वत् पशुपतिको सम्मानार्थ चलाइएको हुनसक्ने धारण व्यक्त गरेका छन । लुसियानो पेटेकद्वारा प्रकाशित गोपालराजबंशावलीमा रामदेवले पशुपतिलाई लक्ष्य गरेर सम्वत चलाए भनिएको छ । अहिले नेवारी समुदायमा यसको चलन चलिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय