२०८१ चैत्र ८, शुक्रबार
काठमाडौं । । समाजवादी मोर्चा, कीर्तिपुर नगर समितिले विकासमुखी, जनमुखी, प्रभावकारीे कार्यसम्पादनको माग गर्दै कीर्तिपुर नगरपालिकालाई १९ बुँदै ज्ञापनपत्र बुझाएको छ ।
कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीलाई सोमबार एक कार्यक्रमकाबीच मोर्चाको अनुगमन समितिका संयोजक प्राडा शिवशरण महर्जनले ज्ञापनपत्र हस्तान्तरण गरेका हुन् ।
ज्ञापनपत्र बुझ्दै कीर्तिपुर नगरप्रमुख नकर्मीले नगरपालिकाको कार्यक्षेत्रभित्र पर्ने समस्या चाँडै सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नगरको विकास, व्यवस्थित र समृद्धिको लक्ष्यको लागि अडिग रहेको बताउँदै उनले बजेट विनियोजन नगरेकाले विकासका गतिविधिहरु ठप्प भएको बताए ।
कीर्तिपुरमा स्नातकसम्म निःशुल्क शिक्षाको लागि नगरपालिकाले राम्रो काम गरेको स्मरण गर्दै उनले आफ्नो घोषणापत्र अनुसार प्रायः सबै काम भए पनि प्राविधिक शिक्षालय स्थापना गर्न नसकिएको बताए ।
सङ्घीय सरकारको विकास निर्माणका कामले गर्दा सडकमा केही प्रदूषण भए पनि चाँडै सोबारे सम्बन्धित निकायको ध्यानाकर्षण गरेर समाधान गर्ने उनले बताए ।
सत्ता साझेदार नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थानीय नेताहरुद्वारा पनि हस्ताक्षरित ज्ञापनपत्रमा नेपालको जेठो मध्येकै नगरपालिकाको २७ वर्षको इतिहासमा पनि न्यूनतम सहरी पूर्वाधारको विकास नभएको उल्लेख गरिएको छ ।
कीर्तिपुर सांस्कृतिक संरक्षित क्षेत्र सम्बन्धी ऐन कार्यान्वयन गर्न, राता मच्छिन्द्रनाथको प्रतिमुर्ति बुंगमतिबाट फिर्ता गरी कीर्तिपुरमा स्थापना गर्न, बेनिस्सा, स्वबासी तथा सुकुम्बासी जग्गाको समस्या समाधानको लागि तत्काल कार्वाही अगाडि बढाउन, विष्णुदेवी अस्पताललाई नगर अस्पतालको रुपमा स्तरोन्नती गर्न, त्रिभुवन विश्वविद्यालय, फेक्ट नेपाल (कीर्तिपुर अस्पताल)लगायतसँग भएका सम्झौता कार्यान्वयन गराउन पहल गर्न, अर्बौं धनराशीसहित फरार रहेका सहकारी सञ्चालकलाई कार्वाही र बचत फिर्ताको लागि पहल गर्नको लागि ज्ञापनपत्रमा माग गरिएको छ ।
बागमती मिडिया हाउस द्वारा संचालित
बनेपा ७, काभ्रेपलाञ्चोक
ईमेल: [email protected]
सम्पर्क फोन- ९८५१०५१९८४
स्थायी लेखा नं.: १०६५२०७६१
प्राईभेट फर्म दर्ता नं.: १२२४८/०७९
सूचना विभाग दर्ता नम्बर: २९८८-२०७८/२०७९