काभ्रे । काभ्रे जिल्लाको धुलिखेल नगरपालिका वडा नं. ४ अठ्ठाइसकिलोस्थित सडकमा ना. ७ ख ९७९८ नम्बरको ट्रकले बा प्र०२–०४२ प ८७०१ नम्बरको मोटरसाइकललाई बुधबार बेलुकी ठक्कर दिँदा मोटरसाइकलमा सवार मण्डनदेउपुर नगरपालिका वडा नं. २ बस्ने २० वर्षीय विशाल तामाङको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




