ट्रेन्डिङ

डा. गोविन्द केसी र सरकारबीच वार्ता जारी, सहमतिको प्रयास तीव्र

वीरेन्द्रनगरमा एलपी ग्यासको अभाव छैन : नेपाल आयल निगम

पूर्वाधार न्यायाधिकरणसम्बन्धी कानुन अन्तिम चरणमा : मन्त्री सोविता गौतम

बाल सङ्गठनको जग्गा हिनामिना प्रकरण: आठ जनाविरुद्ध ठगी मुद्दा दायर

महोत्तरीमा सर्पको टोकाइबाट ८ वर्षीय बालकको मृत्यु, उपचार खर्च तिर्न नसक्दा शव बुझ्न समस्या

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

कांग्रेस फुट्नु अभिशाप हुन्छ, एकतामा जोडिनुपर्छ : भीष्मराज आङ्देम्बे

२४ घण्टामा पाँच जिल्लाका सवारी दुर्घटनामा ५ जनाको मृत्यु

आज दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक

होण्डाको निःशुल्क सेफ्टी रिकल अभियान, २००१–२०१४ का मोडेलको एयरब्याग जाँच गराउन आग्रह

काठमाडौँको कुमारीगालमा चौथो तलाबाट खसेर एक जनाको मृत्यु

स्वदेश फर्कंदै देउवा: ‘प्रतिशोध होइन, सहकार्यको राजनीति आवश्यक’

स्वास्थ्य–शिक्षामा ३ प्रतिशत समता कर तत्काल लागू नहुने : प्रधानमन्त्री बालेन शाह

नेप्से ७.२५ अंकले बढेर २७२६ मा, कारोबार ६ अर्ब ६७ करोड रुपैयाँ

तनहुँमा यात्रुबाहक बस दुर्घटना, चालकसहित १५ जना घाइते

सल्यानका दुई सामुदायिक वनबाट ६ थान अवैध भरुवा बन्दुक बरामद

लेबलविहीन र मिसावटयुक्त खाद्यवस्तु बिक्री नगर्न विभागको चेतावनी

सार्वजनिक बिदा घटाउने तयारी, सरकारले गठन गर्‍यो अध्ययन कार्यदल

नीति अनुसन्धान प्रतिष्ठान, राष्ट्रिय योजना आयोग र त्रिविबीच सहकार्य सुदृढ हुने

म्याग्दीमा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोपमा २२ वर्षीय युवक पक्राउ

शुक्लाफाँटा निकुञ्जमा हराएका च्याउ टिप्न गएका महिलाहरू सबै सकुशल फेला

श्रीलङ्का भ्रमण सकेर स्वदेश फर्किए प्रचण्ड

अनुमानजस्तो ठूलो बाढीको खतरा टर्‍यो, स–साना नदीमा जोखिम अझै कायम

सुन प्रतितोला २ लाख ८४ हजार

टिकटकले नेपालमा एआई साक्षरता हब ल्याउँदै, एपभित्रै उपलब्ध हुनेछ शैक्षिक सामग्री

विद्युत् खपत बढाउन सरकारले पूर्वाधार विस्तारमा जोड दिएको छ : मन्त्री श्रेष्ठ

पर्यटकीय सम्भावना बोकेको गौरीगाउँ ताल पूर्वाधार र प्रवर्द्धनको पर्खाइमा

अन्नपूर्ण क्षेत्रमा पर्यटकको लहर: भारतीय आगन्तुक सबैभन्दा बढी

सप्तरीमा पाँच कैदीबन्दीले गरे आत्मदाहको प्रयास

बिर्तामोडको होटलबाट ३२ ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

पाँचथरमा ग्यास चुहावटबाट होटलमा आगलागी, नगदसहित लाखौँका सामग्री नष्ट

वीरगञ्ज भन्सारले एक वर्षमा २ खर्ब ४३ अर्ब ८२ करोड रुपैयाँ राजस्व सङ्कलन

देशभर मनसुन सक्रिय, आज भारीदेखि अति भारी वर्षाको सम्भावना

सुन र चाँदी दुवैको मूल्यमा गिरावट, नयाँ दर सार्वजनिक

फुटवेयर एसोसिएसनका पदाधिकारीसँग प्रधानमन्त्री शाहको संवाद आज

कोशीमा बाढीको जोखिम बढ्दै, सुनसरी प्रशासन उच्च सतर्कतामा

काठमाडौं उपत्यकामा परेको अविरल वर्षाका कारण विभिन्न सडक तथा बस्ती जलमग्न

मन्त्रिपरिषद्का सात निर्णय: मिटरब्याज वार्ता टोलीदेखि १ र २ रुपैयाँका नयाँ सिक्कासम्म

मुटुमा समस्या देखिएपछि अष्टलक्ष्मी शाक्य अस्पताल भर्ना, स्वास्थ्य अवस्था सामान्य

ग्यासको सहज आपूर्तिका लागि सात दिनभित्र अध्ययन प्रतिवेदन बुझाउन निर्देशन

मनसुन सक्रिय, मध्य र पश्चिम क्षेत्रमा भारी वर्षाको सम्भावना

सुन प्रतितोला २ लाख ८४ हजार ८०० रुपैयाँ पुग्यो

गोलभेँडाको मूल्य नपाएपछि किसानको सरकारविरुद्ध प्रदर्शन

नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु

बाढीपहिरोले देशभर ८ राजमार्ग अवरुद्ध, हुलाकी राजमार्ग पुनः सञ्चालनमा

बुटवलमा स्कुटर दुर्घटना, २१ वर्षीय चालकको मृत्यु

संसद् बैठकमा प्रधानमन्त्री बालेन र रवि लामिछानेको छोटो उपस्थिति

साना नदीमा बहाव बढ्ने चेतावनी, सातै प्रदेशमा सतर्क रहन आग्रह

सुन तोलामा १,२०० र चाँदी १५ रुपैयाँले सस्तो

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध, यात्रु र सवारीसाधन अलपत्र

प्रतिनिधिसभा बैठक सुरु, प्रतिपक्षको विरोधबीच सीमाविवादबारे सरकारको ध्यानाकर्षण

सम्पत्ति शुद्धीकरण प्रकरणः विष्णु पौडेलको थुना म्याद फेरि तीन दिन थप

मिडियालाई त्रसित बनाउने गतिविधिको छानबिन गर्न रास्वपाको माग

मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनः उमेश श्रेष्ठ र अर्जुन घिमिरेले पाए नियुक्तिपत्र

सामाजिक उद्यमशीलताको व्यवहारिक कार्यान्वयनमा जोड, गैससलाई आत्मनिर्भर बनाउनुपर्ने सुझाव

अश्लील इमेल पठाएर मानसिक तनाव दिएको आरोपमा एक जना पक्राउ

परराष्ट्रमन्त्री खनाल: ‘भानुभक्तले नेपाली भाषामार्फत विश्वभरका नेपालीलाई एकतामा बाँधे’

अभिनेत्री दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया, स्वास्थ्यमा सुधार

कांग्रेसको ‘जरा अभियान’ साउन ६ गते समापन हुने

ड्युटीका क्रममा बिरामी परेका प्रहरी जवान गणेश जोशीको उपचारकै क्रममा निधन

कतारका पूर्व अमिर शेख हमद बिन खलिफा अल थानीको निधन

महामन्त्री पौडेलद्वारा सरकारलाई दुई बुँदे सुझाव

उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर सडकमा बर्खायाममा पनि सहज आवागमन

मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइन सञ्चालनमा, विद्युत् आपूर्ति थप भरपर्दो हुने

डा. जानकीकुमारी तुलाधरलाई कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी

भियतनाममा पर्यटक बोकेको डुङ्गा पल्टिँदा १५ जनाको मृत्यु

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका आश्विन राउतको निधन

बझाङ जीप दुर्घटनामा तीन जनाको ज्यान गयो

माकलबारीमा अक्सिजन सिलिन्डर विस्फोट, पैदलयात्रुको मृत्यु

रास्वपासँग स्पष्ट नीति, योजना र दृष्टिकोण नभएको एमाले महासचिव पोखरेलको आरोप

उपचारका क्रममा गणेश नेपालीको निधन

भागबण्डाको युग सकियो : गगन थापा

जबरजस्ती करणी मुद्दामा २८ वर्षदेखि फरार अभियुक्त संखुवासभाबाट पक्राउ

तनहुँको सेती नदीमा अज्ञात महिलाको शव फेला

इरानका पाँच प्रान्तमा अमेरिकी आक्रमण, १४ जनाको मृत्यु

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको २६औँ बैठक सम्पन्न, कोष सञ्चालन कार्यविधि स्वीकृत

प्रतिनिधिसभा बैठक सुरू, राष्ट्रिय सेवा दल विधेयकसहित विभिन्न प्रतिवेदन पेस हुँदै

हिमाली जिल्ला कालीकोटमा पनि डेंगी, औलो र कालाजारका बिरामी भेटिन थाले

बाल मन्दिरको जग्गा भाडा विवादमा तीन जना पक्राउ

घट्यो नेप्से

अखाद्य वस्तु बिक्री गरेको आरोपमा ‘जिरे खुर्सानी दरबार’लाई २ लाख ५ हजार रुपैयाँ जरिबाना

उदयपुरमा विद्युतको पोलमा काम गर्ने क्रममा करेन्ट लागेर प्राधिकरणका कर्मचारीको मृत्यु

कोशी प्रदेशको ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट प्रदेशसभाबाट पारित

प्रतिनिधिसभाबाट पर्यटन र राष्ट्र बैंक संशोधन विधेयक समितिमा पठाइयो

सुनसरीमा चाइनिज पेस्तोल र गोलीसहित दुई जना पक्राउ

समयमै नवीकरण नगर्दा ४४ निर्माण व्यवसायीको इजाजतपत्र खारेज

प्रधानमन्त्रीले बाेलाए मन्त्रिपरिषद् बैठक

सम्पत्ति शुद्धीकरण विभागद्वारा जयवीर देउवालाई ७ दिनभित्र उपस्थित हुन सूचना

तुलसी बहुउद्देश्यीय सहकारीका ३७७ ऋणीको नाम सार्वजनिक, ऋण चुक्ता गर्न समितिको आग्रह

सुन तोलामा १,४०० र चाँदीमा ३० रुपैयाँ घट्यो

गृहमन्त्री सुदन गुरुङद्वारा झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रको अनुगमन

स्वास्थ्यमा रु ९६ अर्बभन्दा बढी बजेट, मौलिक हक कार्यान्वयनमा सरकार प्रतिबद्ध

चीनले आणविक पनडुब्बीबाट क्षेप्यास्त्र परीक्षण गर्दा जापान, अस्ट्रेलिया र न्युजिल्यान्ड चिन्तित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारका लागि जापानबाट २.६८ अर्ब रुपैयाँ अनुदान लिने तयारी

नयाँ बसपार्कमा मानव बेचबिखन र लागुऔषधविरुद्ध सप्ताहव्यापी अभियान सुरु

सुन–चाँदी दुवैको मूल्य घट्यो

‘कसैले पनि प्रेस स्वतन्त्रताको हनन गर्न सक्दैन, सरकार संवादका लागि सधैं तयार छ’ : सञ्चारमन्त्री तिमिल्सिना

कङ्गोमा इबोला महामारी भयावह, सङ्क्रमित १,५२८ र मृत्यु ४९२ पुग्यो

३९औँ दीक्षान्त समारोह: केयूबाट थप १,५२७ विद्यार्थी स्नातक

नेपाल–अष्ट्रेलिया सहकार्य विस्तारमा जोड, छात्रवृत्ति र डिजिटल नेपालमा सहयोगको अपेक्षा

आज नागपञ्चमी पर्व मनाइँदै

काठमाडौं । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँँदै छ।

यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यसवर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो।

यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्राडा देवमणि भट्टराईले जानकारी दिए।

नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको हो। वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ। नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो।

बराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिनमा नागपूजाका लागि प्रसिद्ध मानिन्छ।

प्रत्येक घरमा नाग रहेको विश्वास गरिन्छ। घरको जगमुनि बसेका नाग रिसाई गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिँदै आइएको हो।

नागलाई विष्णु र शिवका रुपमा  मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै छ। भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवान्लाई नागका रुपमा मान्ने गरिएको हो।

प्रथम पूजाको अधिकार पाए भगवान् श्री गणेशको एक हातमा नाग छ। भगवान् विष्णुको अवतारका रुपमा जन्म लिएका श्रीरामचन्द्रका भाइ लक्ष्मण र कृष्णका दाजु बलरामलाई पनि शेषनागको अवतारका रुपमा मानिन्छ।

दुवैले दुर्जनको नाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको अवतारका रुपमा जन्म लिएका श्रीराम र श्रीकृष्णलाई सहयोग गर्न जन्म लिएको कथा विभिन्न पुराणमा उल्लेख गरिएको छ।

श्रीकृष्णले बाल्यकालमै कालीनागको दमन गरेको प्रसङ्ग विभिन्न पुराणमा वर्णन गरिएको छ।

भगवान् विष्णुको नवौं अवतारका रुपमा जन्म लिनुभएका बुद्धको मूर्तिको शिरमा मुकुटाकारका रुपमा सर्पको आकृति रहेको हुन्छ । मत्स्येन्द्रनाथको घाँटीमा कर्कोटक नागको माला लगाइएको हुन्छ । जैन तीर्थङ्करहरुको शिरमा समेत सर्पाकार मुकुट हुन्छ।

पाण्डुपुत्र अर्जुन र चन्द्रगुप्त द्वितीयले नागकन्यासँग विवाह गरेको प्रसङ्ग धर्मशास्त्रमा उल्लेख गरिएको छ । लक्ष्मीको वास त्यो घरमा हुन्छ जुन घरमा नागको पूजा हुन्छ भन्ने मान्यता हाम्रो समाजमा सनातनदेखि छ।

नागपञ्चमी कसरी र किन मनाउन थालियो भन्ने सम्बन्धमा विभिन्न  किम्बदन्ती प्रचलित छन् । जसमध्ये एउटा प्रख्यात किम्बदन्ती यस्तो छः

एक किसानले आफ्नो खेत खनिरहेका बेला नागका तीनवटा बच्चा भेट्टाए र मारिदिए। ती बच्चाकी आमा आहरा खोजेर आउँदा आफ्ना सबै बच्चा मरेको देखि किसानसँग क्रुद्ध भइन् । रीसले चुर भएकी नागिनीले तत्काल किसानलाई मार्दा पनि रीसबाट मुक्त नभएकीले किसानको घरमा गएर  श्रीमती र दुई छोरालाई पनि मारिदिइन्।

संयोगले किसानकी छोरी घरबाहिर रहेकीले बच्न सफल भइन् । नागिनीले किसानकी छोरीलाई पनि खोज्दै हिंडेपछि बाटामा फेला पारी मार्न खोजिन्। किसानकी छोरीले अनेक प्रकारले अनुनय विनय गरी नमार्नुस् म तपाईँको पूजाआजा गर्छु र दूध खान दिन्छु भनेर बिन्ती गरेपछि नागिनीले दया गरी किसानकी छोरीलाई छोडिन्।

मृत्युको मुखबाट बची प्रसन्न भएकी किसानकी छोरीले नागिनीलाई शोडषोपचारले पूजा आराधना गरी कचौरामा दूध पनि खान दिइन्। किसानकी छोरीको प्रार्थनाबाट प्रसन्न भएकी नागिनीले तिम्रो भक्तिबाट म प्रसन्न भएँ वर माग भनेपछि उनले मौका छोपी मेरा मातापिता र भाइहरुलाई पनि जीवनदान दिनुहोस् भनी वर मागिन्।

प्रसन्न भएकी नागिनीले तथास्तु भनी किसानका सपरिवारलाई बचाइदिइन् । यसरी नागिनीले किसान परिवारलाई बचाइदिएको दिन श्रावण शुक्ल पञ्चमी अर्थात् आजैको दिन भएकाले त्यही समयदेखि नागपूजा गरी घरमा टाँस्ने परम्परा बसेको विश्वास छ।

गुरु गोरखनाथले नौ नागको आसनमा बसी बाह्रवर्षसम्म तपस्या गरेको र यसरी नागलाई थिचेर राख्दा पानी नपरेकाले गोरखनाथका गुरु मत्स्येन्द्रनाथलाई नेपाल बोलाइयो । गुरु आएको देखि गोरखनाथ उठेपछि नाग मुक्त भएर पानी वर्षाएको प्रसङ्ग पनि धर्मशास्त्रमा उल्लेख छ।

संसारमा सबैभन्दा मूल्यवान् रहेको मणिलाई नागले नै शिरमा धारण गरेका हुन्छन् । श्रीखण्डको सुगन्ध र सङ्गीत नागलाई खुब मन पर्छ । गर्मीमा दुलोभित्र बस्ने नाग श्रावण शुक्ल पञ्चमी अर्थात् आजैको दिन वर्षात्को शीतलताका कारण बाहिर निस्कने मान्यता समेत छ।

नागका बाह्र नाम भए पनि आठ कूलका आठवटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ।

आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प लगायतका घिस्रने जनावरलाई मार्नुहुँदैन भन्ने मान्यता छ।

आज काठमाडौँको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह,  कुण्ड, र नाग स्थानमा विशेषरुपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका परिकार प्रसाद चढाउने गरिन्छ।

वैज्ञानिकरुपमा प्रकृतिमा भएका बिषालु पदार्थलाई नाग, सर्पलगायतका जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई बिषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रीत बसालेको विश्वास छ।

नागपञ्चमीपछि वैदिक सनातनी हिन्दू धर्मावलम्बीका चाडबाडको याम सुरु हुन्छ। रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय