२०८१ कार्तिक १९, सोमबार
काठमाडौं । सबस्टेसन मर्मतका लागि काम हुने भएपछि आज (शनिबार) काठमाडौं उपत्यकाका विभिन्न ८ फिडरबाट ५० भन्दा धेरै स्थानमा विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै विद्युत सेवा अवरुद्ध हुने जानकारी दिएको हो ।
प्राधिकरणका अनुसार सितापाइला फिडरमा बिहान १० देखि दिउँसो ३ बजेसम्म सेवा अवरुद्ध हुनेछ ।
यस्तै बाफल फिडर, बलम्बु फिडर, खड्का गाउँ फिडर, हसनटार फिडर, कालीमाटी फिडर, कलंकी फिडर र रापेवे फिडरमा विद्युत सेवा बिहान १० देखि दिउँसो ३ बजेसम्म अवरुद्ध हुने छ ।
यी फिडरबाट वितरण भएको विद्युतको लाइन काटेर काम गर्नुपर्ने भएकाले यी फिडरको सेवा क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने भएको हो ।
हेनूहोस सूचि
बागमती मिडिया हाउस द्वारा संचालित
बनेपा ७, काभ्रेपलाञ्चोक
ईमेल: [email protected]
सम्पर्क फोन- ९८५१०५१९८४
स्थायी लेखा नं.: १०६५२०७६१
प्राईभेट फर्म दर्ता नं.: १२२४८/०७९
सूचना विभाग दर्ता नम्बर: २९८८-२०७८/२०७९