२०८१ कार्तिक २२, बिहिबार
काठमाडौं । वाणिज्य बैंकहरुको साझा संस्था नेपाल बैंकर्स संघ ९एनबीए०ले बैंकहरुले स्वतन्त्र रुपले आफै ब्याजदर निर्धारण गर्न पाउने निर्णय गरेको छ । बिहीबार बसेको संघको बैठकले अब बैंकहरुले स्वतन्त्र रुपले ब्याज निर्धारण गर्न पाउन सक्ने निर्णय गरेको हो ।
संघले लामो सयमदेखि गर्दै आएको ब्याज कार्टेलिङलाई खारेज गरेको गर्दै यस्तो निर्णय गरेको हो । बैंकरहरुले साउन १ गतेदेखि लागू हुने ब्याज सम्बन्धित संस्थाले नै निर्धारण गर्नेछन् ।
संघका सदस्य तथा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले अब सम्बन्धित संस्थाले ब्याज निर्धारण गर्न पाउने बताए । उनका अनुसार बैंकहरुले नेपाल राष्ट्र बैंकको नीतिभित्र रहेर ब्याज निर्धारण गर्न स्वतन्त्र हुनेछन् ।
अहिले साधारण मुद्दती निक्षेपको ब्याज दर ९.९९ प्रतिशत छ। अब बैंकहरुले चाहेमा यसको १० प्रतिशतका दरले घटाउन वा बढाउन सक्नेछन् । बैंकर्स संघको यो निर्णयसँगै लामो समयदेखि ब्याजदरमा हुँदै आएको कार्टेलिङको अन्त्य भएको छ ।
बागमती मिडिया हाउस द्वारा संचालित
बनेपा ७, काभ्रेपलाञ्चोक
ईमेल: [email protected]
सम्पर्क फोन- ९८५१०५१९८४
स्थायी लेखा नं.: १०६५२०७६१
प्राईभेट फर्म दर्ता नं.: १२२४८/०७९
सूचना विभाग दर्ता नम्बर: २९८८-२०७८/२०७९