काठमाडौं । चर्चित गायक तथा अभिनेता रविन तामाङ आफ्नै निवासमा मृत अवस्थामा फेला परेका छन् । रकगायक तथा अभिनेता ६० वर्षीय तामाङ मंगलबार बेलुका बुढानीलकण्ठ वडा नं. ५ चिसेनीस्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन् ।
नेपाली रक ब्याण्ड ‘रबिन एण्ड दी रिभ्युलेसन’का चर्चित गायक उनको मृत्युको कारण भने खुल्न सकेको छैन । तामाङको शव उनको दुई तले घरको बेडरूममै भेटिएको प्रहरीले बताएको छ ।
रोविनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ ।




