२०८१ कार्तिक १९, सोमबार
काठमाडौं :- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज नेपाली कांग्रेसका सुरेन्द्र आचार्यलाई मन्त्री नियुक्त गरेका छन् । मन्त्री आचार्यको शपथ ग्रहण दिउँसो साढे १२ बजे शीतल निवासमा तय भएको प्रचन्डको सचिवालयले जनाएको छ ।
नेपाली कांग्रेसको सिफारिसमा प्रचण्डले आचार्यलाई महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मा दिएका हो । हाल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हाल्दै आएका नेसपाका महिन्द्रराय यादवलाई भने वन तथा वातावरण वा खानेपानी मध्ये एक मन्त्रालयको जिम्मा दिइने छ । खानेपानी र वन मन्त्रालय प्रधानमन्त्री प्रचण्ड आफैंले सम्हाल्दै आएका छन् ।
नवनियुक्त मन्त्री आचार्य कपिलवस्तु क्षेत्र नम्बर २ बाट विजयी भएका थिए । आचार्य यसअघि सिंचाइ राज्यमन्त्रीसमेत बनेका थिए ।
बागमती मिडिया हाउस द्वारा संचालित
बनेपा ७, काभ्रेपलाञ्चोक
ईमेल: [email protected]
सम्पर्क फोन- ९८५१०५१९८४
स्थायी लेखा नं.: १०६५२०७६१
प्राईभेट फर्म दर्ता नं.: १२२४८/०७९
सूचना विभाग दर्ता नम्बर: २९८८-२०७८/२०७९