बारा :- बारा क्षेत्र नम्बर २ मा हिजो भएको उपनिर्वाचनको मतगणना अहिले सुरु भएको छ । मतगणना करैयामाई नगरपालिका वडा नम्बर १ बाट सुरु गरिएको छ ।
बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, रास्वपाका रमेश खरेल उम्मेदवार रहेका छन् । यसअघिको निर्वाचनमा बारा २ बाट विजयी भएका रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि रिक्त भएको स्थानमा हिजो उपनिर्वाचन भएको थियो ।




