काभ्रे :- काभ्रेको पनौतिमा स्थापित लायन्स क्लब अफ काठमाडौं इन्द्रेश्वर ३२५ आइ को आज चौथौं वार्षिक साधारणसभा बनेपामा एक कार्यक्रमको साथ सम्पन्न भएको छ ।
क्लबका संस्थापक अध्यक्ष ई. लायन रामकुमार बस्नेतको प्रमुख आतिथ्यमा भएको साधारणसभाले बर्ष २३/२४ का लागि नयाँ कार्यसमिति चयन गरेको छ । नया कार्यसमितिमा काभ्रेका पत्रकार, लायन रामप्रसाद ढकाल अध्यक्षमा चयन हुनुभएको छ भने उपाध्यक्षमा लायन बिपशना शाक्य, सचिवमा लायन नवराज अधिकारी, कोषाध्यक्षमा कमल प्रसाद कुईंकेल, एलसीआइएफ कोअर्डिनेटरमा डायमण्ड थापा, मेम्बर चियरपर्सनमा एमजेएफ लायन पुष्प लाल तामाङ, सहसचिवमा लायन लक्ष्मी मोक्तान तामाङ, क्लब एडमिनिस्ट्रेटरमा लायन रचना मोक्तान तामाङ, सर्भिस चियरपर्सनमा एमजेएफ लायन प्रतिक्षा दोङ चयन हुनुभएका छन् ।
कार्यक्रम क्लबका (२२/२३) अध्यक्ष डायमण्ड थापाको सभापतित्वमा सम्पन्न भएको थियो ।
सोही अवसरमा पनौती स्थित श्री प्राणनाथ माइती वृद्धा आश्रममा करिब ४३ जना आमा बुबाहरुका लागि नगद सहिद ३ बोरा चामल, ५० किलो चिनी, १ बाकस तेल, १० किलो दाल, ५ पाकेट नुन र १ पाकेट आटाको पिठो वितरण गरिएको छ ।




