काठमाडौँ :- एक महिनासम्म चल्ने स्वस्थानी व्रत कथा आजबाट समापन हुँदैछ । आज माघ शुक्ल पूर्णिमाका दिनबाट व्रत समाप्त हुन्छ । पौष शुक्ल पूर्णिमाका दिनबाट श्री स्वस्थानी माताको महिमा वर्णन गर्ने कथाहरूको वाचन आज विधिवतरुपमा समापन हुन्छ ।
आज मध्याह्न कालपछि विधिपूर्वक पूजा लगाई व्रत समापन गरी रात्रिमा जाग्राम बसेर अर्को दिन बिहान फूलपाती नदीमा सेलाएपछि स्वस्थानी व्रत विधिपूर्वक समापन हुन्छ ।




