काभ्रे :- नेकपा कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले शनिबार बनेपाको पन्चकन्या बैन्क्युटमा गोपाल घिमिरे को सभापतित्वमा आगामी मंसिर ४ को निर्बाचनलाइ लक्षित गरि प्रतिनिधि सभा २ ख अन्तर्गतका अगुवा कार्यकर्तालाई प्रशिक्षण कार्यक्रम दिएको छ ।
पार्टीका केन्द्रिय सचिब क. लीलामणि पोख्रेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा काभ्रेमा गठबन्धन दललाइ कुनै हालतमा जित हासिल गर्न निर्देशन दिनु भयो देशभरी गठबन्धन बिजय हुन्छ काभ्रेमा पनि त्यो सम्भब छ तपाईहरु बिजयको नजिक हुनुहुन्छ । कार्यक्रममा बोल्दै मा.के. काभ्रेका सम्योजक भोला अर्यालले जिल्लाका सबै कार्यकर्तालाइ गठबन्धन दल र समानुपातिक मत माओवादी केन्द्रलाई हाली बिजय गराउन निर्देशन दिनु भयो । कार्यक्रममा काभ्रे प्रतिनिधि सभा २ का उमेदवार शिव प्रसाद हुमागाइ,प्रदेश सभा २ ख का उमेदवार कन्चनचन्द्र बादे माओवादी पार्टी केन्द्रीय सल्लाहकार दिल सुन्दर श्रेष्ठ, केन्द्र केन्द्रिय सदस्य रुकु चौलागाईं,तेज बहादुर मिजार, मिना तामाङ, बागमती प्रदेश सचिब छिन्ताङ,डा.भरत लामिछाने,प्रेस सेन्टर नेपाल बागमती प्रदेशका अध्यक्ष यदुनाथ गौतम,सामान्य प्रशासन बिभागको केन्द्रीय सदस्य उपेन्द्र श्रेष्ठ लगाएतको उपस्तिथि थियो ।
कार्यक्रममा प्रतिनिधि सभा २ ख का नेता तथा कार्यकर्ता को उपस्थित रहेको थियो । कार्यक्रम सन्चालन प्रतिनिधि सभा ख का सम्योजक तथा माओवादी केन्द्र काभ्रेका जिल्ला समन्वय समितिका सदस्य रमेश ढकालले गरेका थिए ।




