काठमाण्डौ :- नाबालिग बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने आज नेपाल आइपुगेका छन् । लामिछाने कतार एअरवेजको क्यू.आर ६४८ नम्बरको जहाजबाट त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् । स्वदेश फर्किएका सन्दीपलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरि गौसला बृत लगेको छ ।
यसअघि सन्दीपले सामाजिक सञ्जालमार्फत् आज बिहान १० बजे नेपाल आइपुग्ने र प्रहरीसमक्ष आत्मसमर्पण गर्ने बताएका थिए ।




