
को हुन त उपेन्द्र श्रेष्ठ ?
आउदो मंसिरमा प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । सो निर्वाचनको लागि नेकपा (माओवादी केन्द्र),काभ्रेको तर्फबाट प्रतिनिधि सभा २ को (ख) समानुपातिक तर्फ जनजाती कोटामा उम्मेदवार छन युवा नेता उपेन्द्र श्रेष्ठ।
दुई दशक देखि सक्रिय राजनीतिमा लागेका श्रेष्ठ पार्टीभित्र लोकप्रिय नेताको रुपमा चिनिन्छन । श्रेष्ठलाई उम्मेद्बारी बनाउदा स्थानीय नेता, कार्यकर्ता तथा आम नागरिकहरुले खुशी व्यक्त गरेका छन। राजनीति आफ्नो व्यक्तिगत जीवन निर्वाह गर्नका निम्ति नभई देश र जनताका लागि सेवामुखी बनाउनुपर्छ भन्ने बिचारका साथ अगाडि बढेका श्रेष्ठ युवा तथा जनतामा लोकप्रिय छ्न।
मण्डनदेउपुर नगरपालिका वडा न ६ को सिपाघाटमा जन्मिएका श्रेष्ठ जनयुद्ध कालिन माओवादी विद्यार्थी नेता समेत हुन। दुई दशक देखि अखिल क्रान्तिकारीबाट आफुलाई राजनीतिक कार्यकर्ताको रुपमा अघि बढाएका श्रेष्ठ २०५९ सालमा अखिल क्रान्तिकारी फटकसिला मा.बि को ईकाइ अध्यक्ष साथै जिल्ला सदस्य भएका थिए। त्यस लगत्तै श्रेष्ठ काठमाडौ बिश्वबिद्धालयको बिद्यार्थी इन्चार्ज र धुलिखेल नगरपालिकाको अखिल क्रान्तिकारीको अध्यक्ष समेत भै सकेका छ्न ।क्याम्पसको राजनीति हुँदै राष्ट्रिय रुपमा विद्यार्थी नेताको छवी बनाएका श्रेष्ठ हाल नेकपा माओवादी केन्द्रको सामान्य प्रशासन बिभागको केन्द्रिय सदस्य छ्न।उनि काभ्रे जिल्लामा जनताको सुख दुखको साथीको रुपमा रहन चाहन्छन । श्रेष्ठ ६२/६३ को जनआन्दोलन ताका करिब तीन महीना सेन्टर जेल समेत परेका थिए श्रेष्ठ विभिन्न बिभाग हरुमा रहेर समेत काम गरिसकेका छन उनी हाल घरेलु तथा साना उद्ध्योग महासङ नेपालको केन्द्रीय सदस्य समेत रहेका छन ।