काभ्रे:- नेपालिहरुको मुख्य चाडबाड आउनु अगाडि प्राय सबै सरकारी कार्यालयले बिशेष कार्यक्रमहरु आयोजना गरि शुभकामना दिने चलन बड्दै गैरहेको छ । नेपाली चाडपर्व धर्म सस्कृतिलाइ जगेर्ना गर्ने उद्देश्यले उक्त कार्यक्रम गरे पनि सरकारी निकायले कार्यालय समयमा नै यस्ता विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको पाइएको छ । काभ्रेका जिल्ला प्रशासन कार्यालय देखि नगरपालिका,वडा लगाएत अन्य सरकारी कार्यालयले यस्ता बिशेष कार्यक्रम गरेको छ । आज धुलिखेल नगरपालिकाले आयोजना गरेको तिज बिशेष कार्यक्रम पनि कार्यालय समय भित्रै आयोजना गरि नाचगान तथा दर खुवाउने लगाएतका कार्य भए कार्यक्रममा धुलिखेल नगरपालिका अन्तर्गतका प्राय कर्मचारी र जनप्रतिनिधि उपस्थिति देखिन्थे । सरकारी कार्यालयले यस्ता खालका कार्यक्रम नाचगान सेवाग्राहीलाई दिन पर्ने समयमा गर्न पाइन्छ ? यस्ता कार्यक्रम ले जनतामा सेवा अपुग त भएको छैन ? यो विषयमा ध्यान कस्ले दिने ।




