मलाइ बिदाइ गर्दै आँखाभरि आँसु पार्दै
अबिर लागेका हातले दही खुवाई रहदा
एउटा झोला बोकेर आमा! म परदेश लागें भन्दै तिमीलाई रुवाईरहदा
गाँउमा बेरोजगार भएँ जागिर पाइन
त्यसैले जादैछु आमा !
पैसा कमाउन परदेशको शरणमा आशिर्वाद लिन सधै निहुरिन आउनेछु आमा ! तिम्रो नै चरणमा कसरी भुल्न सक्छु आमा
तिमिले मलाई हुर्काउन र पढाउन
आफ्नो रहर मार्दै मेरो लागि गरेको त्याग
कसरी भुल्न सक्छु आमा !
पढ्न पर्छ संघर्षसँग डराउन हुन्न भन्दै
तिमिले दिएको हौसला मलाई अगाडि बढाउन
मलाइ बिदाइ गर्दैगर्दा भक्कानिएर
तिम्रो कापेको शरीर रोकिएको आवाज ।
हात हल्लाउदै म भए परदेशि
भनेको बेला बिदा पाउन्न तिमी बिरामी हुँदा
झट्टै छेउमा आएर यि हातले तिम्रो निधार
सुम्मसुम्याउन पाउँदिन आमा !
म टाढा छु घरदेखि आमा छोरी हुँ म
परदेशमा कमाएर तिम्रो सपना सक्छु पुरा गर्न
तिम्रा ति फुक्लिएका दाँत छन् निआमा
टम्म हिमालको लर्को झै गरेर भर्न
पैसा नभएकाले टालेको फरिया लगाउदा
हेप्नेहरुको अगाडि तिमीलाई राख्न
ठुलो घर बनाउने प्रण लिनेछु
अनि दुनिँयाभरको खुशि दिंदै
त्यो घरको चाबी आमा !
तिमीलाई नै दिने छु हो आमा!
म तिम्रो सन्तान यही सपना सजाएको छु मैले आमा !




