काठमाडौं :- नेपाल प्रहरीको साइबर ब्यूरोले विश्वकप फुटबल २०२६ हेर्न सकिने भन्दै प्रचार गरिएका शङ्कास्पद तथा अनावश्यक एप डाउनलोड वा इन्स्टल नगर्न सर्वसाधारणलाई सचेत गराएको छ।
ब्यूरोका अनुसार सामाजिक सञ्जाल तथा विभिन्न अनलाइन माध्यमबाट विश्वकप प्रसारणको बहानामा एप इन्स्टल गराई मोबाइल बैंकिङ प्रणाली ह्याक गरेर आर्थिक ठगी गर्ने गतिविधि बढ्दै गएको छ। साइबर ब्यूरोले एपीके, ईएक्सई, बीएटी, ईएचजस्ता अपरिचित फाइल डाउनलोड नगर्न तथा बैंकिङ प्रणाली सम्बन्धी अपडेट केवल आधिकारिक स्रोतको जानकारीका आधारमा मात्र गर्न आग्रह गरेको छ।










