काठमाडौँ :- सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा रिहा गर्न आदेश दिएको छ।
उनकी पत्नी सीमा गोल्छाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले उनलाई धरौटी वा जमानतमा छाड्न सकिने अवस्था हुँदा थुनामा राखिएको प्रक्रिया उचित नभएको ठहर गरेको हो।
न्यायाधीशहरू महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको इजलासले आवश्यक धरौटी वा जमानत उपलब्ध भएमा रिहा गर्नुपर्ने र त्यस्तो अवस्था नहुँदा मात्र थुनामा राख्न सकिने भन्दै थुनामा राख्ने अनुमति प्रक्रियामा प्रश्न उठाएको छ।




