काठमाडौँ :- यस वर्ष मौसम अनुकूल नहुँदा जिल्लामा गहुँ उत्पादनमा करिब २० प्रतिशतले कमी आएको छ। कृषि ज्ञान केन्द्र का अनुसार उत्पादनमा १७ हजार ९८० मेट्रिकटनले गिरावट आएको हो।
केन्द्रका प्रमुख राजनारायण साहका अनुसार आर्थिक वर्ष २०८२/८३ मा २९ हजार हेक्टर क्षेत्रमा विभिन्न जातका गहुँखेती गरिएको थियो। प्रतिहेक्टर ३.१ मेट्रिकटन उत्पादन हुने अपेक्षाविपरीत यस वर्ष २.४८ मेट्रिकटन मात्र उत्पादन भएको छ। चालु आवमा कुल ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन भएको केन्द्रले जनाएको छ।
उत्पादित गहुँ स्तरीय भएकाले कलैया र आसपासका बजारमा प्रतिक्विन्टल करिब रु ४ हजारमा बिक्री भइरहेको कृषि अर्थविज्ञ गणेश महराले जानकारी दिए। गत आर्थिक वर्षमा भने जिल्लामा ९६ हजार ६२० मेट्रिकटन गहुँ उत्पादन भई करिब रु ४ अर्ब २ करोड ५६ लाख बराबरको कारोबार भएको थियो।




