काठमाडौँ :- पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको मृत्यु भएको छ।
प्रहरीका अनुसार पोखरा–१८ खपौदीस्थित फेवातालमा आज बिहान ११:१५ बजे पौडी खेल्ने क्रममा बेपत्ता भएका आरेस लामा पछि मृत अवस्थामा फेला परेका हुन्। उनी खपौदीकै स्थानीय बासिन्दा रहेको बताइएको छ।
सशस्त्र प्रहरी नायव निरीक्षक ताराचन्द्र शर्माको कमान्डमा सात सदस्यीय गोताखोर टोली घटनास्थलमा पुगेर खोजी गरेको थियो। टोलीले करिब १८ फिट गहिराइबाट बालकलाई अचेत अवस्थामा फेला पारेको हो।
उनीलाई तत्काल पश्चिम क्षेत्रीय गण्डकी अस्पताल, रामघाटमा उपचारका लागि लगिएको भए पनि चिकित्सकले दिउँसो मृत घोषणा गरेका छन्।




