काठमाडौँ :- इरानमाथि संयुक्त राज्य अमेरिका ले जारी राखेको नौसैनिक नाकाबन्दी लामो समयसम्म लम्बिन सक्ने संकेत देखिएसँगै विश्व तेल बजारमा ठूलो उतारचढाव आएको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्प ले नाकाबन्दीलाई सैन्य आक्रमणभन्दा प्रभावकारी उपाय भन्दै दबाब बढाउने नीति स्पष्ट गर्नुभएको छ, जसका कारण कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च विन्दुमा पुगेको छ।
इरान र संयुक्त राज्य अमेरिका बीच कूटनीतिक प्रयास असफल हुँदा तनाव बढिरहेको छ। यसैबीच भ्लादिमिर पुटिन ले सम्भावित युद्धले गम्भीर परिणाम ल्याउने चेतावनी दिनुभएको छ।




