काठमाडौँ :- काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको विद्युतीय (ईभी) माइक्रोबस धादिङमा दुर्घटनामा परेको छ।
दुर्घटनामा १२ जना घाइते भएका छन्। घाइतेमध्ये ५ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
बा १३ च २९४१ नम्बरको माइक्रोबस गजुरी गाउँपालिका–६ स्थित आदमघाट नजिकै दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ।




