
काठमाडौं — नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङमाथि लागेका आरोपहरूको छानबिन तत्काल सुरु गर्न सरकारसँग माग गरेको छ।
कांग्रेसले एक विज्ञप्ति जारी गर्दै गृहमन्त्रीसँग सम्बन्धित सबै आरोपहरूबारे स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय अनुसन्धान प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिएको हो।
विज्ञप्तिमा भनिएको छ कि सम्बन्धित पदमा रहँदै अनुसन्धान प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्ने आशंका रहन सक्ने भएकाले छानबिनलाई प्रभावरहित बनाउन आवश्यक वातावरण सुनिश्चित गर्नुपर्छ।
“गृहमन्त्रीसँग जोडिएका सम्पूर्ण आरोपहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन तुरुन्त सुरु गरियोस्,” विज्ञप्तिमा उल्लेख छ।
कांग्रेसले यस विषयमा ढिलासुस्ती, प्रभाव वा ढाकछोप गर्ने कुनै पनि प्रयासले सुशासन, नैतिकता र जनविश्वासमा गम्भीर असर पार्ने चेतावनी दिएको छ।



