काठमाडौँ :- चलचित्र ‘पाँच पाण्डव’ ले आफ्नो प्रदर्शन मिति तय गरेको छ। निर्माण पक्षका अनुसार फिल्म तिहारको अवसरमा दर्शकमाझ आउनेछ।
फिल्ममा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौला मुख्य ‘पाँच पाण्डव’को भूमिकामा देखिनेछन्।
त्यसैगरी दीपाश्री निरौला, सरिता गिरी, बिनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार र मोडल इभा गिरी लगायत कलाकारहरूको पनि अभिनय रहनेछ।
काली रानी फिल्मसको ब्यानरमा निर्माण भइरहेको यस चलचित्रलाई वसन्त निरौला ले निर्देशन गरिरहेका छन्।




