काठमाडौँ :- नक्कली नोटको अवैध कारोबारमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सिद्धार्थनगर र सैनामैना क्षेत्रबाट १ हजार दरका २१ थान नक्कली नोटसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले विशेष सूचनाका आधारमा निगरानीपछि पक्राउ गरिएको जानकारी दिए।




