काठमाडौँ :- व्यक्तिगत घटना दर्ताको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले आजदेखि देशभर ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ मनाउन थालिएको छ। देशका सबै ७५३ स्थानीय तहमा विभिन्न कार्यक्रम गरी सप्ताह मनाइनेछ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार विद्यालय, स्थानीय सङ्घसंस्था तथा विभिन्न निकायको सहभागितामा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछन्।
विभागले यसअघि नै सबै स्थानीय तहलाई परिपत्र जारी गर्दै सप्ताह मनाउन निर्देशन दिएको थियो।




