काठमाडौँ :- मोबाइल लुटपाट गर्दै बैंकिङ प्रणालीमा पहुँच पुर्याई रकम ट्रान्सफर गर्ने कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ परेकाहरूले मोबाइल लुटेर बैंक खाता तथा वालेटबाट करिब दुई लाख २७ हजार रुपैयाँ ट्रान्सफर गरेका थिए।
पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–११ का समिर तामाङ, दोलखा मेलुङ–५ का जनम तामाङ र खोटाङ कोपिलासगढी–७ का प्रज्वल राई रहेका छन्। उनीहरूको साथबाट एक थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ।




