पाँचथर :- प्रधानमन्त्री बालेन (बालेन्द्र) शाह लगायत अन्य नेतामाथि अपमानजनक शब्द प्रयोग गरेर भिडियो बनाएको आरोपमा पक्राउ परेका युट्युबर रोशन पोखरेल रिहा भएका छन्।
प्रहरीका अनुसार उनलाई आवश्यक परेको बेला उपस्थित हुने गरी आफन्तको जिम्मामा छाडिएको हो। पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ घर भएका पोखरेल चैत २६ गते पक्राउ परेका थिए।
पोखरेल पक्राउ परेपछि सामाजिक सञ्जालमा प्रधानमन्त्री शाहको विषयलाई लिएर विभिन्न प्रतिक्रिया र आलोचनासमेत देखिएको थियो।




