काठमाडौँ :- धादिङमा ५० वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा २८ वर्षीय रवि पोखरेल पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार गल्छी गाउँपालिका-३ छतिनटार बस्ने पोखरेललाई बुधबार दिउँसो नियन्त्रणमा लिइएको हो। पीडितको उजुरी र सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गजुरीबाट टोली खटाएर आरोपीलाई घटनास्थलबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका पोखरेलमाथि जबरजस्ती करणीको मुद्दा दर्ता गर्दै कानुनी प्रक्रिया अगाडि बढाइएको छ भने थप प्रमाण संकलन र अनुसन्धान जारी रहेको छ।




