काठमाडौँ :- काठमाडौँ उपत्यकामा मदिरा पिएर सवारी साधन हाँकेका नौ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले आज बिहान विभिन्न स्थानमा गरेको आकस्मिक परीक्षणका क्रममा उनीहरू पक्राउ परेका हुन्।
कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार सार्वजनिक यातायातका सवारी साधनका चालकहरू नियन्त्रणमा लिइएका हुन्। उनले भने, “हामीले आज बिहान उपत्यकाका विभिन्न स्थानमा विशेष अभियानअन्तर्गत सप्राइज चेकिङ गरेका थियौँ। सार्वजनिक यातायातका साधनका नौ जना चालकलाई मादक पदार्थ सेवन गरी सवारी हाँकेको अभियोगमा नियन्त्रणमा लिएका छौँ।”




