काठमाडौँ :- प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो को कोटेश्वर टोलीले नुवाकोटका २८ वर्षीय उमेश राईलाई शुक्रबार पक्राउ गरेको छ।
काठमाडौँको तारकेश्वर बस्दै आएका राईको साथबाट साढे ६ लाख रुपैयाँ नगदसहित ९८ ग्राम ७१० मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीको ठहर अनुसार बरामद नगद पनि लागुऔषध कारोबारबाट आएको भएको अनुमान गरिएको छ। राईविरुद्ध लागुऔषध मुद्दामा अनुसन्धान अघि बढाइएको छ।




