मकवानपुर :- मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१० भुटनदेवीस्थित सोलिड्यारेटी माध्यमिक विद्यालयको एसईई परीक्षा केन्द्रबाट नक्कली परीक्षार्थी पक्राउ परेका छन्।
शुक्रबार बिहान अर्काको नामको प्रवेशपत्रमा आफ्नो फोटो टाँसी परीक्षा दिन आएका सिन्धुलीको मरिन गाउँपालिका-४ घर भई हाल हेटौँंडा-४ स्थित हेटौंडा स्कुल अफ म्यानेजमेन्ट कलेजमा कक्षा ११ मा अध्ययनरत १८ वर्षीय बिराज विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार बिराजले हेटौँंडा उपमहानगरपालिका-१२ पदमपोखरीका १९ वर्षीय अंकिश श्रेष्ठको नाममा जारी प्रवेशपत्र प्रयोग गरी परीक्षा दिन खोजेका थिए। घटनामा संलग्न भएको आरोपमा अंकिश श्रेष्ठलाई समेत नियन्त्रणमा लिइएको छ।
दुवै जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी थप अनुसन्धान भइरहेको छ।




