काठमाडौँ :- रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिन ले वालेन्द्र शाह लाई नेपालको प्रधानमन्त्री नियुक्त भएकोमा हार्दिक बधाई व्यक्त गर्नुभएको छ।
उहाँले सन्देशमार्फत रूसी सङ्घीय सरकार र आफ्नो व्यक्तिगत तर्फबाट शुभकामना दिनुभएको हो।
सन्देशमा प्रधानमन्त्री मिशुस्टिनले प्रधानमन्त्री शाहको नेतृत्वमा रूस–नेपाल सम्बन्ध मित्रता, आपसी सम्मान तथा पारस्परिक हितका आधारमा अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ।
साथै, दुई देशबीचको सहकार्यले व्यापार, लगानी, आर्थिक तथा सांस्कृतिक क्षेत्रमा थप विस्तार हुने उल्लेख गरिएको छ।




