काठमाडौँ :- बलात्कार आरोपमा कर्णबहादुर मल्ललाई शनिबार ललितपुरको सातदोबाटोबाट प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीका अनुसार एक महिलाले दिएको किटानी जाहेरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो । पीडित महिला न्यायको माग गर्दै माइतीघरमा आमरण अनसनमा बसिरहेकी छन् ।
ललितपुर प्रहरी प्रमुख होबिन्द्र बोगटी का अनुसार मल्लविरुद्ध ५ फागुनमा जाहेरी परेको र भोलिपल्ट अदालतबाट पक्राउ पुर्जी जारी गरिएको थियो । त्यसपछि उनी फरार रही मुगु र कालिकोट पुगेको बताइएको छ ।
हाल काठमाडौं आएको सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । ५२ वर्षीय मल्ल मुगुको सोरु गाउँपालिका–१० धैनकोटका बासिन्दा हुन् र २०६४ सालमा एमालेबाट संविधानसभा सदस्य बनेका थिए ।




