काठमाडौँ :- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज दिउँसो १२ः३४ बजे नेपालका प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ। उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो।
प्रधानमन्त्री बालेन्द्र शाहको शपथसँगै आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको छ। रास्वपाका शीर्ष नेतृत्वले मन्त्रीहरूको नाम टुंगो लगाइसकेको जनाएको छ।
१५ सदस्यीय मन्त्रिपरिषद्मा बालेन्द्र शाह प्रधानमन्त्री रहनेछन् भने स्वर्णिम वाग्ले अर्थमन्त्री, सोविता गौतम कानूनमन्त्री, शिशिर खनाल परराष्ट्रमन्त्री र विराजभक्त श्रेष्ठ उर्जामन्त्री बन्नेछन्।
त्यसैगरी, सुधन गुरुङ गृहमन्त्री, अमरेश कुमार सिंह उद्योगमन्त्री, प्रतिभा रावल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, गीता चौधरी कृषिमन्त्री र विक्रम तिमल्सिना सञ्चारमन्त्रीको जिम्मेवारीमा रहनेछन्।
मन्त्रिपरिषद्मा दिपक साह श्रममन्त्री, सस्मित पोखरेल शिक्षामन्त्री, खडक पौडेल पर्यटनमन्त्री, सुनिल लम्साल भौतिक पूर्वाधारमन्त्री, सीता वादी महिला, बालबालिका मन्त्री तथा निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त हुने सूची सार्वजनिक गरिएको छ।
बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठनसँगै देशमा नयाँ राजनीतिक अभ्यास र युवा नेतृत्वको अपेक्षा बढेको छ।




