हेटौंडा :- वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिन्छु भनी ठगी गरेको आरोपमा मकवानपुर प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
ठगी गरेको अभियोगमा मकवानपुरको राक्सिराङ गाउँपालिका–१ की ३७ वर्षीया धनसानी गोलेलाई पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीका अनुसार, प्रहरी टोलीले गोलेलाई पक्राउ गरी काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार विभागमा पठाउने तयारी गरिरहेको छ।




