काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आज काठमाडौँ उपत्यकालाई केन्द्र बनाएर व्यापक चुनावी अभियान सञ्चालन गरेको छ। प्रचारप्रसारअन्तर्गत पार्टीले र्याली र जनभेटघाट कार्यक्रम गरेको हो।
र्यालीमा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाहलगायतका नेता सहभागी थिए। कार्यक्रम काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा सम्पन्न भएको थियो।
बिहान ६ बजे पाशुपत क्षेत्रबाट सुरु भएको र्याली साँझ ६ बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेर टुंगिने पार्टीले जनाएको छ।




