काठमाडौँ। सरकारले जेनजी परिषद् गठन गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले परिषद् गठन गर्ने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्याल ले दिनुभयो।
बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि चीन सरकारबाट प्राप्त हुने प्रस्तावित चार मिलियन अमेरिकी डलर (करिब ५३ करोड २० लाख रुपैयाँ) बराबरको नगद अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ।
यसैगरी, मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्षका लागि विनियोजित बजेट तथा कार्यक्रममा उल्लेख भएअनुसार बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता अर्यालले जानकारी दिनुभयो।




