काठमाडौँ । वीरगञ्ज महानगरपालिकाका केही स्थानमा लगाइएको कर्फ्यू हटाएर स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।
शान्ति सुरक्षाको अवस्थामा क्रमिक सुधार आएपछि आज बिहानदेखि कर्फ्यू हटाइएको हो ।
सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै भोलि बिहान ८ बजेसम्म सो क्षेत्रमा निषेधाज्ञा भने कायम रहने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
यसैबीच पर्सामा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले आइतबार वीरगञ्ज महानगरपालिका–११ श्रीपुरमा भएको घटनाका दोषीलाई कानुनी दायरामा ल्याउने सहमति गरेको छ ।




