काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाताको सहभागिता सुनिश्चित गर्न तीन दिन सार्वजनिक बिदा दिन सिफारिस गरेको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले विभिन्न पेसा र व्यवसायमा संलग्न भएर मतदाता नामावली रहेको स्थानबाट टाढा रहेका मतदातालाई मतदानस्थलसम्म जान सहज हुने उद्देश्यले यस्तो प्रस्ताव गरिएको जानकारी दिनुभयो ।
मतदानको अघिल्लो दिन, मतदानको दिन र भोलिपल्ट सार्वजनिक बिदा दिँदा मतदाताले सहज रूपमा आफ्नो मताधिकार प्रयोग गर्न पाउने आयोगको विश्वास छ ।




