काठमाडौँ :- नेपाल प्रहरीले काठमाडौं महानगरपालिका–१२, कपनबाट खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीका अनुसार पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिका–५ घर भई कपन बस्दै आएका ३१ वर्षीय डिमे लामा रहेका छन्।
उनको साथबाट प्रहरीले ५ दशमलव १० ग्राम खैरो हेरोइन र एक डिजिटल तराजु बरामद गरेको छ। पक्राउ परेका लामालाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको एसपी कार्कीले जानकारी दिएका छन्।




