काठमाडौँ :- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल बनाउन प्रधानमन्त्री सुशीला कार्कीले सरोकारवाला निकायलाई निर्देशन दिएकी छन्।
जोमसोमस्थित इन्द्र बक्स गणमा आयोजित निर्वाचनलक्षित छलफल तथा अन्तरक्रियामा उनले निर्वाचन स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न जोड दिइन्।
प्रमुख जिल्ला अधिकारी अजिता शर्माका अनुसार प्रधानमन्त्री कार्कीले निर्वाचनलाई शान्तिपूर्ण ढंगले सम्पन्न गर्न सबैलाई दत्तचित्त भएर तयारीमा जुट्न आग्रह गरिन्। उनका शब्दमा, “निर्वाचन सफल बनाउन मन लगाएर काम गर्नुहोस्, यहाँहरूले राम्रो काम गर्नुभएको छ, कुनै समस्या नआउने गरी तयारी गर्नुहोला।”
सो अवसरमा प्रधानमन्त्री कार्कीले मुक्तिनाथ मन्दिर, वारागुङ मुक्तिक्षेत्र–१ मा दर्शनसमेत गरेकी छन्।




