काठमाडौँ :- प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले आवश्यक निर्वाचन सामग्रीको व्यवस्थापन सुरु गरेको छ। आयोगका अनुसार नौ प्रकारका सामग्री केन्द्रबाट पठाइनेछ भने ३७ प्रकारका सामग्री जिल्लामै व्यवस्थापन गरिनेछ।
केन्द्रबाट पठाइने सामग्रीमा स्वस्तिक छाप, नउड्ने मसीको मार्कर, स्ट्याम्प प्याड, छेकाबारा तथा मतपेटिका स्टीकरलगायत सामग्री रहेका छन्।
निर्वाचन आयोगले सबै सामग्री समयमै उपलब्ध गराउने गरी तयारी अघि बढाइएको जनाएको छ।




