काठमाडौं :- एमालेकी राष्ट्रियसभा सदस्य रुक्मिणी कोइरालाले भदौमा जेन–जी आन्दोलनका क्रममा जलाइएका सरकारी सवारी साधन सरकारले कवाडीमा बेच्न लागेकोमा आपत्ति जनाएकी छन्।
आज राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद कोइरालाले जलाइएका सवारी साधन भावी पुस्तालाई देखाउनका लागि प्रदर्शनीमा राख्नुपर्ने सुझाव दिएकी हुन्।
उनले भनिन्, “आन्दोलनमा जलाइएका सरकारी सवारी साधन सरकारले कवाडीमा बेच्दैछ भन्ने कुरा सुन्नमा आएको छ। तर जलेका सवारीका अस्थिपञ्जरहरू जस्ताको तस्तै सुरक्षित राखेर इतिहासका लागि भावी पुस्ताले हेर्न सक्ने गरी प्रदर्शनीमा राख्नुपर्छ। देशभरिबाट टिकट प्रणालीमार्फत दर्शकले हेर्न पाउने व्यवस्था गर्नुपर्छ।”




