काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन गृह मन्त्रालयले सचिवको संयोजकत्वमा केन्द्रीय कमाण्ड पोस्ट गठन गरेको छ।
निर्वाचन आचारसंहिता उल्लङ्घनका सम्भावित घटनालाई नियन्त्रण गर्न जिल्लास्तरदेखि केन्द्रीय तहसम्म निगरानी संयन्त्र सक्रिय बनाइएको मन्त्रालयले जनाएको छ।




