चितवन :- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चुनावी अभियानका लागि बिहीबार दिउँसो चितवन पुग्नुभएको छ।
उनको सचिवालयका अनुसार आज उनी चितवनको लंकुस्थित लक्ष्मीनारायण मन्दिरमा स्वस्तिशान्ति पूजा गर्ने कार्यक्रम छ। पूजा पछि लामिछाने भरतपुरस्थित विशालचोकमा रहेको आफ्नै घर जानेछन्।
माघ ५ गते जनकपुरको कार्यक्रममा सहभागी हुने क्रममा लामिछानेको खुट्टामा चोट लागेको थियो र उनलाई काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालबाट डिस्चार्ज भएपछि उनी घरमै आराम गर्दै आएका थिए।
लामिछाने चितवन क्षेत्र नम्बर–२ बाट उम्मेदवार हुन्।




