काठमाडौँ :- स्वास्थ्य बिमाबापतको रकम समयमा नपाउँदा सेवा प्रभावित भएपछि सरकारले चासो देखाएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले समस्या समाधानका उपाय खोज्न सरोकारवाला पक्षसँग आज बैठक बोलाउनुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
स्वास्थ्य सेवा प्रदायक संस्थाहरूले लामो समयदेखि भुक्तानी नपाउँदा सेवा सञ्चालन गर्न कठिन भएको बताएका छन् । स्वास्थ्य बिमा बोर्डका अनुसार देशभरका सूचीबद्ध संस्थालाई १० अर्बभन्दा बढी रकम तिर्न बाँकी छ ।




