काठमाडौँ :- प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा महोत्तरी–३ मा चुनावी सरगर्मी चुलिएको छ। यस क्षेत्रबाट ४१ जना उम्मेदवार मैदानमा उत्रिएपछि प्रतिस्पर्धा बहुपक्षीय बनेको छ।
महन्थ ठाकुरले आफ्नी छोरी मिनाक्षी ठाकुरलाई उम्मेदवार बनाउँदा यसअघिका निकटतम प्रतिद्वन्द्वी पूर्वकृषिमन्त्री हरिनारायण यादव स्वतन्त्र उम्मेदवार बनेका छन्। यसैगरी अघिल्लो निर्वाचनका स्वतन्त्र उम्मेदवार रामआधार कापर पुनः चुनावी मैदानमा उत्रिएका छन्।
कांग्रेस, एमाले, रास्वपा, उज्यालो नेपाल पार्टीसहित विभिन्न दल र स्वतन्त्र उम्मेदवारहरूको सक्रियताले महोत्तरी–३ को चुनावलाई निकै रोचक बनाएको छ।




